सीजीटीएनको वृत्तचित्र विश्वमा लोकप्रिय
2023-10-17 18:58:43cri
Share with:

 

सीजीटीएनको १५ एपिसोडको ठूलो वृत्तचित्र (द कल अफ द सिल्क रोड) सेप्टेम्बर १५ तारिखबाट प्रसारण सुरु भएको छ। यसै गरी "टुगेदर फर द फ्यूचर" अक्टोबर १३ तारिखबाट प्रसारण गरिएको छ। यो फ्रान्सेली, अरबेली, रूसी, स्पेनिश र अन्य भाषाहरूमार्फत संसारभर प्रसारण गरिएको छ। सान्दर्भिक रिपोर्टहरू अमेरिकी सीएनएन नेटवर्क, टर्की रेडियो तथा टेलिभिजन र इरानी राष्ट्रिय टेलिभिजनमासमेत गरी २१ वटा देश तथा क्षेत्रहरूमा प्रसारण गरिएको छ। साथै अमेरिका, युनाइटेड किंगडम, क्यानाडा, भारत, जर्मनी र इटाली लगायतका २० वटा देश र क्षेत्रका ८१८ वटा विदेशी मुख्य अनलाइन मिडियामा पनि प्रसारण गरिएको छ। सो वृत्तचित्रहरू विश्वका ४० करोड भन्दा बढी मानिसहरूले अवलोकन गर्ने अनुमान छ।

 

विदेशी दर्शकले "बेल्ट एन्ड रोड" संयुक्त निर्माणको इतिहासबाट महान् साझा भविष्यतर्फ जाने यात्रा भएको जनाउँदै विभिन्न देश, संस्कृति र सभ्यताहरूलाई एकसाथ ल्याउने अद्भुत वृत्तचित्रका लागि धन्यवाद व्यक्त गरेका छन्।