चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विभिन्न मुलुकका नेताहरूसँग भेटघाट
2023-10-17 14:56:50cri
Share with:

अक्टोबर १७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा उपस्थित हुनुका साथै चीनको औपचारिक भ्रमणमा रहनुभएका इथियोपियाका प्रधानमन्त्री बी अहमेद लीसँग भेटवार्ता गर्नुभएको छ।

 

दश वर्षयता बेल्ट एन्ड रोडको महत्वपूर्ण सहभागीको रूपमा रहेको इथियोपिया र चीनबीचको सहयोग झनै व्यापक र उपलब्धि झनै फराकिलो भएको भन्दै राष्ट्राध्यक्ष सीले चीन-अफ्रिका सहयोगको यो सम्बन्ध अग्रस्थानमा रहेको उल्लेख गर्नुभयो।

 

चीनले इथियोपियासँग बेल्ट एन्ड रोडको संयुक्त रचना, चीन-अफ्रिका सहयोग मञ्च लगायत प्रारूपमा विभिन्न क्षेत्रका व्यवहारिक सहयोगला बढाउने इच्छा लिनुका साथै इथियोपियाको युद्धपछि पुनःनिर्माण र र्थिक पुनरूत्थानला समर्थन गरी ग्लोबल विकास पहलको पालना गरेर इथियोपियाको विकासला साकार पार्न सहयोग गर्ने पनि सीले व्यक्त गर्नुभयो।

 

यसबाहेक राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा छुट्टा छुट्टै गरी हंगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोर, चिलीका राष्ट्रपति गाब्रिल बोरिक, कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभ, पपुवा न्यू गिनीका प्रधानमन्त्री जाम्स मारापेसँग भेटवार्ता गर्नुभयो।