बहुभाषिक पुस्तक " ‘ बेल्ट एण्ड रोड ’ सी चिन फिङको चर्चा" को पैचिङमा विमोचन
2023-10-17 18:56:10cri
Share with:

अक्टोबर १६ तारिख पैचिङमा बहुभाषिक पुस्तक " ‘ बेल्ट एण्ड रोड ’ सी चिन फिङको चर्चा" को एक समारोह बीच विमोचन गरिएको छ। अरबेली, स्पेनिस, पोर्चुगिज, जर्मन र जापानी गरी पाँचवटा भाषामा नयाँ पुस्तक आधिकारिक रूपमा प्रकाशन र वितरण गरिएको छ। चीनस्थित "बेल्ट एण्ड रोड" संयुक्त निर्माण गर्ने देशहरूका राजदूतहरू, विज्ञहरू र अनुवादक विद्वानहरू साथै प्रकाशन उद्योगका प्रतिनिधिसमेतका १०० भन्दा बढी व्यक्तिहरू सो विमोचन समारोहमा सहभागी थियो।

 

समारोहमा उपस्थित अतिथिहरूले यो वर्ष "बेल्ट एण्ड रोड" पहल सुरु भएको १०औँ वार्षिकोत्सव भएको भन्दै विगत १० वर्ष यता "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणले विश्वमा आर्थिक वृद्धि र स्वस्थ विकासमा सकारात्मक योगदान दिनुका साथै विश्वमा विकासको समस्याहरूको समाधान गर्न सहयोग पुर्‍याएको व्यक्त गर्नुभयो।

 

" ‘ बेल्ट एण्ड रोड ’ सी चिन फिङको चर्चा" मा सन् २०१३ सेप्टेम्बरदेखि २०१८ जुलाईसम्म "बेल्ट एण्ड रोड" को संयुक्त निर्माणबारे राष्ट्राध्यक्ष सी चिन फिङका ४२ वटा लेखहरू समावेश छन्।