१० वर्षयता “बेल्ट एण्ड रोड” प्रस्तावबाट लगभग १० खर्ब अमेरिकी डलरको लगानी
2023-10-17 20:32:57cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले १७ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। त्यस अवसरमा प्रवक्ता माउले “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरिएको १० वर्षयता त्यसले सधैँ नै गरिबी निवारणलाई महत्वपूर्ण दिशा बनाउँदै अन्तर्राष्ट्रिय सहकार्यमार्फत गरिबी निवारण बाटोको निर्माण गर्दै आएको बताउनुभएको छ।

 

बितेका १० वर्षमा “बेल्ट एण्ड रोड” प्रस्तावले लगभग १० खर्ब अमेरिकी डलरको लगानी लगाउनुका साथै ४ करोड मानिसलाई गरिबी अवस्थाबाट उकासेको जानकारी पनि प्रवक्त माउले दिनुभएको छ।