फङ ली युआनद्वारा तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी विदेशी नेताका श्रीमतीहरूका साथमा चिनियाँ आर्ट एण्ड क्राफ्टस म्युजियमको अवलोकन
2023-10-18 19:47:22cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङका श्रीमती फङ ली युआनको निमन्त्रणामा अक्टोबर १८ तारिख बिहान तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी विदेशी नेताका श्रीमतीहरूले चिनियाँ आर्ट एण्ड क्राफ्टस म्युजियम अर्थात् चिनियाँ गैर भौतिक वस्तु सांस्कृतिक सम्पदा हलको अवलोकन गरेका छन्।

 

त्यस क्रममा श्रीमती फङले अतिथिहरूसँगै चिनियाँ परम्परागत नाटक, संस्कृति र प्राचीन वाद्यवादन सम्बन्धी जानकारी लिनुका साथै सांस्कृतिक कार्यक्रमको पनि अवलोकन गर्नुभएको छ। संस्कृति नै संयुक्त बेल्ट एण्ड रोडको निर्माणका सम्बद्ध मुलुकहरू बीच एकताबद्ध रूपमा सहकार्य गर्ने भावनात्मक पूल भएको कुरामा श्रीमती फङले जोड दिनुभएको छ। उहाँले भन्नुभयो: “हामीले अझ घनिष्टसँग सांस्कृतिक आदानप्रदान गर्नुका साथै युगौँयुगदेखि रहँदै आएको मित्रतालाई बिँडो थामेर साझा विकासलाई साकार तुल्याउने अपेक्षा राखेकी छु।”