चीनको तीन त्रैमासिक अर्थतन्त्रको वृद्धि दर ५.२ प्रतिशतले वृद्धि
2023-10-18 17:06:53cri
Share with:

अक्टोबर १८ तारिख चिनियाँ राष्ट्रिय तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको तथ्याङ्कले चीनको अघिल्लो तीन त्रैमासिक अर्थतन्त्रको वृद्धि दर गत बर्षको सोहि अवधिको तुलनामा ५.२ प्रतिशतले वृद्धि भएको देखाएको छ।

 

यी त्रैमासिकको आर्थिक सुधारलाई कसरी हेर्नुभएको छ ? चिनियाँ अर्थतन्त्रको दीर्घकालीन वृद्धिको सम्भावना के हुने छ?

 

चाइना डेलीको "अर्थशास्त्रीको दृष्टि" स्तम्भमा एसियाली विकास बैंकको चीनस्थित प्रतिनिधि कार्यालयको आर्थिक तथा रणनीति विभागका निर्देशक अकिको टेराडा-हगिवाराले विशेष अन्तर्वार्ता दिनुभएको छ।

 

अन्तर्वार्ताको क्रममा अकिको हगिवाराले उत्पादकत्वमा सुधार र पुँजी सञ्चयको कारणले चीनको अर्थतन्त्र आगामी केही दशकहरूमा स्थिर वृद्धिलाई कायम राख्ने र चीन तथा अमेरिकाबीचको कुल उत्पादन मात्राको खाडल अझै कम हुने विश्वास गर्नुभएको छ।