एकै दिन ११४ अन्तर्राष्ट्रिय उडान-अवतरणसँगै त्रिभुवन विमानस्थलले बनायो कीर्तिमान
2023-10-18 16:16:02cri
Share with:

नेपालको सबैभन्दा ठूलो तथा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको अनलाइनखबरले लेखेको छ।

 

यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडान/अवतरण भएका छन्। यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडान/अवतरण रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

एक दिनमा यो विमानस्थलले १६ हजार ५०९ जना यात्रु व्यवस्थापन गरेको छ। अहिले नेपालमा चाडबाडको सिजन चलेको छ। साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ।

 

सोही कारण वायुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिरहेका छन्। आन्तरिकतर्फ समेत वायुसेवा कम्पनीहरुले अहिले एकतर्फी झण्डै शतप्रतिशत अक्कुपेन्सीमा उडान गरिरहेका छन्।