तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च
2023-10-18 18:21:32CRI
Share with:

तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोह अक्टोबर १८ तारिख पैचिङमा आयोजना गरिएको छ। चीनका राष्ट्रपति सी चिनफिङले उद्घाटन मन्तव्यमा बीआरआईको हालसम्मको उपलब्धीको मूल्यांकन गर्नुभयो।

 

१० वर्षयता हातमा हात मिलाएर बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोगले जन्मदेखि हुर्काँइसम्ममा धेरै उपलब्धि हासिल गरेको सीको भनाइ छ। बीआरआई सहयोगले बुरूसदेखि सावधानीपूर्वक कोरिएको चित्रकलाको अवधिमा प्रवेश गर्दै योजनाको रेखाचित्रलाई वास्तविक रेखाचित्रमा रूपान्तरण गरेको उहाँको विश्वास छ।

 

राष्ट्रपति सीले दश वर्षमा आर्थिक करिडोरका प्रमुख च्यानल र सूचना राजमार्ग, रेल, राजमार्ग, विमानस्थल, बन्दरगाह, पाइपलाइन नेटवर्क समेत स्थल, समुद्र, हवाई लगायत विश्वव्यापी अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्न प्रतिवद्ध रहेको सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘विभिन्न मुलुकको पूँजी, प्रविधि, उत्पादन र मानवीय आवत-जावतलाई प्रभावकारी रूपमा अघि बढाएर हजारौँ वर्षदेखि चलेको पुरानो सिल्क रोडलाई नयाँ युगमा पुनर्जीवित गर्न बीआरआईले प्रवर्द्धन गरेको छ।’

 

बेल्ट एन्ड रोडको निर्माण गर्न सबैले समर्थन गर्नुपर्ने बताउँदै उहाँले आफूले मात्रै राम्रो जीवन बिताउने नभएर अरूलाई पनि राम्रो जीवनका लागि अवसर दिनुपर्ने बताउनुभयो। उहाँले थप्नुभयो, ‘अन्तर्सम्पर्क, आपसी हित सहयोग र साझा विकास गर्नुपर्छ। वैचारिक टकराव, भूराजनीतिक खेल, गुटको राजनीतिक घर्षणमा संलग्न हुने होइन बरू एकपक्षीयता, आर्थिक बल प्रयोगको विरोध गर्नुपर्छ।’

'तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ) मा नेपालको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको नेपाली टोलीले भाग लिएको छ। दुई दिने फोरममा भाग लिन आएका पाहुनाहरुका लागि सीले १७ तारिख साँझ चिनियाँ स्वागत भोज आयोजना गरेका थिए जसमा नेपालका उपप्रधानमन्त्री श्रेष्ठले भाग लिनुभएको थियो।