तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च पैचिङमा आयोजना
2023-10-18 18:55:38CRI
Share with:

तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको उद्घाटन समारोह १८ तारिख पैचिङमा आयोजना गरिएको छ। १४० भन्दा बढी मुलुक र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरू सो मञ्चमा सहभागभी भएका छन्। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मञ्चको उद्घाटन समारोहमा सहभागी हुनुहुँदै मुख्य विषयमा सम्बोधन पनि गर्नुभएको छ।

 

बेल्ट एण्ड रोड प्रस्ताव प्रस्तुत गरिएको १० वर्षयता विश्वले विस्तृत रूपमा त्यसलाई समर्थन गर्दै आएको छ। १० वर्षको अवधिमा चीनले १५० भन्दा बढी मुलुक र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनसित संयुक्त बेल्ट एण्ड रोडको निर्माण सम्बन्धी सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरिसकेको छ। यस प्रस्तावले लगभग १० खर्ब अमेरिकी डलरको लगानी लगाउनुका साथै सम्बद्ध मुलुकका लागि ४ लाख २० हजार रोजगारी अवसरको सिर्जना गरी ४ करोड मानिसलाई गरिबी अवस्थाबाट उकासेको छ।

मञ्चको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सीले उच्च गुणस्तरीय रूपमा संयुक्त बेल्ट एण्ड रोडको निर्माणलाई चीनले समर्थन गरेको जनाउँदै ८ बुँदे कदम घोषणा गर्नुभएको छ।