दस वर्षमा अन्तर-सम्पर्क घनिष्ट हुँदै #समाचारसन्दर्भ
2023-10-19 15:51:58CRI
Share with:

अक्टोबर १८ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा आयोजित तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा भाग लिँदै 'खुला, समावेशी, सम्पर्कयुक्त र साझा विकासमूलक विश्वको निर्माण' शीर्षकमा भाषण दिनुभयो।

भाषणमा राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयो, 'विगत १० वर्षमा हामीले आफ्नो प्रारम्भिक अभिप्राय राखिरहँदै हातेमालो गरेर बेल्ट एण्ड रोड अवधारणा सम्बद्ध अन्तर्राष्ट्रिय सहयोग थाल्दै विकास गरिरहेका छौं र यसै क्रममा फलदायी परिणाम हासिल गरेका छौं। हामी आर्थिक कोरिडोरको निर्माणको दिशामा विश्वव्यापी अन्तर्सम्पर्क सञ्जाल तथा सूचना राजमार्गको निर्माण गर्न प्रतिबद्ध छौं। रेलवे, राजमार्गहरू, विमानस्थलहरू, बन्दरगाहहरू र पाइपलाइन नेटवर्कहरूमा निर्भर गर्दै जल, समुद्र, आकाश र इन्टर्नेटलाई ढाकिने विश्वव्यापी इन्टरकनेक्सन नेटवर्क स्थापित गरेका छौं। जसबाट ठूलो पैमानामा मालसामान, पूँजी, प्रविधि र मानविय परिचालनलाई प्रभावकारी रूपमा बढाइएको छ साथै नयाँ युगमा हजारौं वर्षसम्म चलेको प्राचीन रेशमी मार्गको पुनरुत्थानमा जीवन्त शक्ति थपेका छौं।"

नेपाल नै बेल्ट एण्ड रोड अवधारणाको समर्थन गर्ने पहिलो मुलुकमध्ये पनि एक हो। सन् २०१७ मा चीन र नेपालले बेल्ट एण्ड रोड सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए र हाल दुई देशले हस्ताक्षरित बीआरआई अवधारणाको कार्यान्वयन सम्बन्धी सम्झौतालाई सक्रियताका साथ व्यवहारमा उतारिरहेका छन्। विशेष गरी बितेका केही वर्षमा, उच्च गुणस्तरिय बीआरआई निर्माणका श्रृंखलावद्ध उपलब्धिहरू प्राप्त गरेका छन्।

ती उपब्धिहरू यस प्रकार छन्, पहिलो, नीतिगत सम्पर्कलाई मजबुत बनाउनु। चीन-नेपाल कूटनीतिक परामर्श तथा निर्वाध व्यापार कार्य टोली संयन्त्रको भूमिकालाई पूर्णतया निर्वाह गर्नुका साथै विकास रणनीति जोड्ने कार्यलाई निरन्तर मजबुत बनाएर व्यापारिक वातावरणलाई अनुकूलन गरेको छ। दोस्रो, प्रबन्ध जोड्ने कार्यलाई बढाउनु। नाका, राजमार्ग, रेलमार्ग, उड्डयन, सञ्चार लगायतका सम्पर्कहरूलाई सुदृढ गर्दै वास्तविक बहु-आयामिक "कनेक्टिभिटी नेटवर्क" निर्माण गरेको हो। तेस्रो, सहज व्यापारलाई सुनिश्चित गर्नु। चीन-नेपाल सीमा नाका बीचको सम्बन्धलाई महामारीअघिको स्तरमा फर्काउनुका साथै मुस्ताङसँग सीमा जोडिएको तिब्बतको लेग्जे नाका चाँडै खोल्ने। चौथो, वित्तीय एकीकरणलाई बढाउनु। यस वर्ष दुवै देशले चिनियाँ पर्यटक र दुई देशका व्यापारीहरूलाई सीमापार भुक्तानी सुविधा प्रदान गर्नको लागि नेपालमा औपचारिक रूपमा वीच्याट पे सेवा सुरु गरेका छन्। पाँचौं, जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउनु। जनस्तरको आदानप्रदानका कार्यक्रमहरूको ब्रान्ड निर्माण गर्दै दुई देशबीच थप सिधा उडान सञ्चालन गरिएको छ। साथै, नेपाललाई सहयोग गर्ने चिकित्सक टोली जस्ता चिकित्सा सहायता र सहयोग पनि विस्तार भएको छ र दुवै देशका विभिन्न तहका मानविय आदानप्रदानलाई प्रबर्द्धन गरिएको छ। पाँचौँ भनेको जनस्तरमा आदानप्रदानलाई गहन पार्दै मानवीय र सांस्कृतिक आदानप्रदान गतिविधिको चौतारो स्थापना गरिएको छ। दुई मुलुकबीचको प्रत्यक्ष हवाई सेवालाई पुनः सञ्चालन र नयाँ खुलापनतर्फ अघि बढाउँदै नेपालको चिकित्सा सेवालाई विस्तृत पारेको छ। दुई मुलुकका विभिन्न आदानप्रदानलाई अघि बढाइएको छ।

केही समयअगाडि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्दा‘बेल्ट एण्ड रोड’को चर्चा गरेर चीन-नेपाल हिमाल अन्तर त्रि-आयामिक यातायात नेटवर्कलाई दुई पक्षले मुख्य रूपमा पूर्वाधारको सम्पर्कलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो। प्रधानमन्त्री प्रचण्डले पनि नेपालले संयुक्त‘बेल्ट एण्ड रोड’को निर्माण प्रस्तावलाई स्वीकार गर्नुका साथै सक्रिय रूपमा भाग लिंदै आएको,‘बेल्ट एण्ड रोड’ले नेपाललाई भूपरिवेष्ठित मुलुकदेखि विकसित यातायात सञ्जालयुक्त मुलुक बनाउँदै गएको बताउनुभयो।

‘बेल्ट एण्ड रोड’प्रस्ताव प्रस्तुत भएको दश वर्षयता, नेपालमा हासिल भएको उपलब्धी‘बेल्ट एण्ड रोड’सहयोग विश्वमा एक मात्रै उदाहरण हो।‘बेल्ट एण्ड रोड’को उद्देश्य प्राचीन सिल्क रोडको अनुभव लिएर विभिन्न मुलुकसँग आदानप्रदानलाई सबल पार्ने, पूर्वाधारलाई जोड्ने, व्यापारलाई सुचारू पार्ने, जनताको आपसी जानकारीलाई अघि बढाउने, विश्व आर्थिक वृद्धिमा नयाँ शक्ति दिने, विश्व विकासमा नयाँ सम्भावना दिने, अन्तर्राष्ट्रिय आर्थिक सहयोगलाई नयाँ चौतारो दिनेमा राखिएको छ। भविश्यमा‘बेल्ट एण्ड रोड’उच्च गुणस्तरीय नयाँ विकासबाट विभिन्न मुलुकको आधुनिकीकरणलाई अघि बढाउने, एउटा खुला र सहनशीलता, आपसी घनिष्ठता,साझा विकासयुक्त नविन विश्वको सिर्जना र संयुक्त रूपमा मानव भाग्य एकरूपताको स्थापना गर्ने छ।