राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पाँचौँ चीन-रुस ऊर्जा व्यापार मञ्चलाई बधाई पत्र
2023-10-19 17:34:30cri
Share with:

अक्टोबर १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पाँचौँ चीन-रुस ऊर्जा व्यापार मञ्चलाई बधाई पत्र पठाउनुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिन फिङले चीन र रुसले वर्षौँदेखिको साझा प्रयासमार्फत यी दुई देशबीचको चौतर्फी, गहन र उच्चस्तरीय ऊर्जा सहकार्यको निर्माण गरेको औँल्याउनुभयो।

 

चीन र रुसबीचको व्यावहारिक सहयोग विकासले सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै उहाँले विश्वव्यापी ऊर्जा बजारको दीर्घकालीन, स्वस्थ, स्थिर र दिगो विकासलाई प्रवर्द्धन गर्न र विश्वव्यापी स्वच्छ ऊर्जा साझेदारीको निर्माणलाई प्रवर्द्धन गर्न चीनले रुससँग मिलेर प्रयास गर्न इच्छुक रहेको पनि बताउनुभयो।

 

सोही दिन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि पाँचौँ चीन-रुस ऊर्जा व्यापार मञ्चलाई बधाई पत्र पठाउनुभएको छ।