राष्ट्राध्यक्ष सी चिनफिङको बेल्ट एन्ड रोड खाकाबाट विश्वको आधुनिकीकरणलाई प्रवर्द्धन
2023-10-19 10:12:26cri
Share with:


तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोह १८ तारिख पैचिङमा योजना गरिएको थियो। १४० भन्दा बढी मुलुक र ३०भन्दा बढी अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि यसै मञ्चमा उपस्थित भएका थिए।

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मुख्य सम्बोधन गरी दश वर्षयता बेल्ट एन्ड रोडको संयुक्त रचना गरेका ठूला उपलब्धिबारे जानकारी दिएर साझा सल्लाह, रचना, शेयर, फाइदा समेत अभ्यास अनुभव संक्षेप गर्नुभयो।

 

बेल्ट एन्ड रोडको उच्च गुणस्तरको संयुक्त निर्माणको खाका कोरी त्यसबारे चीनले विशिष्ट कार्य योजना अघि सार्ने पनि सी चिनफिङले घोषणा गर्नुभयो।

 

उच्च गुणस्तरीय विकास भनेको वर्तमान देखिने अभूतपूर्व अन्तर्राष्ट्रिय परिस्थिति, प्राविधिक क्रान्ति, बजार प्रतिस्पर्धा, सामाजिक आवश्यकता लगायत कारक तत्वको धारमा प्रस्तुत भएको सी चिनफिङको नयाँ विकास विचार हो। जसको केन्द्र नै सुधार तथा नवीन सिर्जना, रूपान्तरण र स्तरोन्नति, हरित विकास, प्रतिभा समर्थनमार्फत उच्च गुणस्तरीय, दक्ष र बलियो नवीनता, राम्रो वातावरण र खुसीयुक्त जीवनको विकास मोडेल सिर्जना गरी र्थिक तथा स्वस्थ सामाजिक विकासला अघि बढाउने भन्ने रहेको छ।