मैत्री मुलुकद्वारा राष्ट्र संघीय महाधिवेशनमा चीनलाई समर्थन मिल्ने चिनियाँ परराष्ट्र प्रवक्ताको प्रत्युत्तर
2023-10-19 10:09:13cri
Share with:

अक्टोबर १७ तारिख, संयुक्त राष्ट्र संघअन्तर्गत तेस्रो कमिटीमा, पाकिस्तानले ७० भन्दा बढी मुलुकको तर्फबाट सम्बोधन गर्दै चीनको सिनच्याङ, हङकङ र तिब्बतसम्बन्धी अडानको समर्थन गरेको छ। साथै मानव अधिकारको निहुँ खोजेर चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप हुने व्यवहारको विरोध व्यक्त गरेको छ। 

यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले सयौँ मुलुकले संयुक्त राष्ट्र संघमा न्यायपूर्ण आवाज दिएर चीनको अडानलाई समर्थन दिएकोले अन्तर्राष्ट्रिय समाज विशेषगरी व्यापक विकासोन्मुख मुलुकले मानव अधिकारको मुद्धामा राजनीतिकरण गरेकोमा विरोज जाहेर भएको बताए। ती प्रवक्ताले अल्पसंख्यक पश्चिमा मुलुकले मानव अधिकारको निहुँमा अरू मुलुकका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुनियत विफल हुने पनि दाबी गरे। 

हालै चीन सन् २०२४-२०२६ का लागि मानव अधिकार समितिको सदस्यमा पुनः निर्वाचित भएको छ। यसबाट चीन छैठौँ पटक उक्त समितिको सदस्यको रूपमा निर्वाचित भएको छ।