चीनको वैदेशिक व्यापारमा "सकारात्मक विकास"
2023-10-19 10:15:54cri
Share with:

दुई दिनअघि छैटौं चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पोमा भाग लिनका लागि प्रदर्शनी मालसामान बोकेको यस वर्षको पहिलो "चीन-युरोप रेलवे एक्सप्रेस " शाङ्घाई आइपुग्यो। यो ट्रेन १६ मिलियन यूरो भन्दा बढीको कार्गो मूल्यको कुल ७० टी..यू.एस बोकेर जर्मनीको डुइसबर्गबाट प्रस्थान गरेको थियो। जसबाट लामो समयदेखि मानिसद्वरा प्रतिक्षा गरिएको छैठौं चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो नजिक आउँदैछ र यसले चीनको वैदेशिक व्यापारको विकासमा नयाँ शक्ति दिनेछ।

वास्तवमा यस वर्षका अघिल्ला तीन त्रैमासिकमा जटिल र गम्भीर बाह्य वातावरण र विभिन्न आन्तरिक कठिनाइ र चुनौतीहरूको सामना गर्दै चीनको वैदेशिक व्यापार स्थिर र सकारात्मक बनेको छ। १३ तारिख जारी गरिएको चिनियाँ आधिकारिक तथ्याङ्कले देखाएको छ कि अघिल्ला तीन त्रैमासिकमा चीनको कुल आयात र निर्यात मूल्य ३०.८ ट्रिलियन युआन पुगेको छ जसमा वार्षिक वृद्धि दर मूलतः उस्तै छ।

यस वर्षको सुरुदेखि नै विश्व आर्थिक सुधार सुस्त भएको छ र विश्वव्यापी व्यापार विकासले धेरै दबाबहरूको सामना गरेको छ। यस पृष्ठभूमिमा वैदेशिक व्यापारमा चीनको "सकारात्मक विकास" कठिन छ। यसका पछाडिका कारणहरूको विश्लेषण गर्दा "जडलाई सुदृढ गर्ने र नविनतालाई पुनरुत्थान गर्ने" मुख्य शब्द हो।जसले चीनको वैदेशिक व्यापारले आफ्ना परम्परागत फाइदाहरूलाई सुदृढ गरेको मात्र होइन तर निरन्तर नयाँ प्रवर्द्धन शक्ति पनि देखाएको छ।

परम्परागत उद्योगहरूमा उच्च प्रतिस्पर्धात्मकता कायम राख्नुका साथै चीनका नयाँ ऊर्जा सवारी साधनहरू विश्वव्यापी रूपमा अघि बढिरहेका छन्। चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा ९६,००० नयाँ ऊर्जा सवारी साधनहरू निर्यात भएका छन्, जुन वार्षिक रूपमा ९२.८ प्रतिशतले बढेको छ। धेरै देशहरूमा चीनका नयाँ ऊर्जा वाहनहरू स्थानीय नयाँ ऊर्जा सवारी साधनहरूको समग्र बिक्री च्याम्पियन बनेका छन्।

साथै चीनले विदेशी व्यापारको लागि अनुकूल पूर्वाधारहरू सिर्जना गर्दै बाह्य संसारमा उच्च स्तरको खुलापनलाई बढावा दिइरहेको छ। यो वर्ष "बेल्ट एण्ड रोड" निर्णय प्रस्तावको संयुक्त निर्माणको दशौं वार्षिकोत्सव मनाइँदैछ। यस वर्षका अघिल्ला तीन त्रैमासिकमा बेल्ट एण्ड रोड सम्बन्धि देशहरूमा चीनको आयात र निर्यात 14.32 ट्रिलियन युआन पुगेको छ, जुन गत वर्षको सोह अवधिको तुलनामा ३.१प्रतिशतले बढेको छ। चीनको भन्सारको सामान्य प्रशासनले संकलित चीन र "बेल्ट एण्ड रोड" देशहरू बीचको व्यापार सूचकांक २०१३ को१०० बाट बढेर २०२२ मा १६५.४ पुगेको छ। यो देख्न सकिन्छ कि "बेल्ट एण्ड रोड" को संयुक्त निर्माणले व्यापार प्रवर्द्धनमा निरन्तर बढ्दो भूमिका खेलेको छ।

चीनको आर्थिक प्रदर्शन नै वैदेशिक व्यापारको विकासको लागि समर्थन हो। हालै जेपी मोर्गन चेज र एएनजेड जस्ता धेरै वित्तीय संस्थाहरूले चीनको आर्थिक वृद्धिको लागि आफ्नो अपेक्षाहरू बढाएका छन्। चीनको अर्थतन्त्र पुन: प्राप्तिमा जारी छ, जसले निरन्तर आयातित उत्पादनहरूको मागलाई उत्तेजित गरिरहेको छ र उत्पादनको निर्यातलाई बढावा दिइरहेको छ।

अहिले विश्वको आर्थिक पुनरुत्थानले ठूलो चुनौती सामना गरिरहेको छ। विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत संस्थाले हालै विश्व व्यापारको विभाजनको बारेमा चिन्ता व्यक्त गरेका छन्।चीनको वैदेशिक व्यापारले सामना गरेको बाह्य वातावरण जटिल र गम्भीर रहेको छ। जति गाह्रो हुन्छ, उति अगाडि बढ्छ । चीनको अर्थतन्त्र पुनरुत्थान र सुधार जारी छ, र फल फलाउन नीति र उपायहरूको शृङ्खला लागू गरिएको छ जसले विश्व व्यापारमा स्थिरतालाई निरन्तरता दिने छ।