चीनले आगामी १० वर्षमा विश्वलाई आधुनिक बनाउन मद्दत गर्नेछ
2023-10-19 17:32:45cri
Share with:

 

आधुनिकीकरण मानिसहरूको साझा आवश्यकता हो साथै विश्वव्यापी चुनौति पनि हो। हाल संसारमा २० भन्दा बढी देशहरू मात्र आधुनिकीकरणमा प्रवेश गरेका छन्।

 

विकासोन्मुख देशहरूले कसरी आधुनिकीकरण हासिल गर्ने छन्?

 

अक्टोबर १८ तारिख आयोजित तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलनको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आफ्नो सम्बोधनमा चीनले विभिन्न पक्षसँगको सहकारी साझेदारी सम्बन्धलाई अझ प्रगाढ बनाउन र “बेल्ट एण्ड रोड” साझा निर्माणलाई उच्च गुणस्तरीय बनाउन तथा सबै देशको आधुनिकीकरणलाई साकार पार्ने प्रयास गर्न चीन इच्छुक रहेको औँल्याउनुभएको छ।

 

यस बाहेक राष्ट्राध्यक्ष सीले “बेल्ट एण्ड रोड” को साझा निर्माणमा उच्च गुणस्तरको विकास गर्न आठवटा योजनाको घोषणा पनि गर्नुभयो। यी आठवटा योजनाको स्पष्ट लक्ष्यहरू र व्यावहारिक उपायहरू समावेश हुनुका साथै यसले नयाँ युगको विकासको आवश्यकता पुर्याउने छ। सो योजनाले "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणकालागि उच्च गुणस्तरीय विकासको दिशा औँल्याउने र विश्व आधुनिकीकरणमा नयाँ शक्ति थप्ने छ। आगामी १० वर्षमा "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणको उच्च-गुणस्तरीय विकासले सबै देशहरूलाई आधुनिकीकरणको अनुभूति गर्न र मानवजातिको साझा भविष्यको समुदायको निर्माणलाई प्रवर्द्धन गर्न नयाँ अवसर ल्याउने छ।