राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीलङ्काका राष्ट्रपति बीच भेटवार्ता
2023-10-20 16:56:44cri
Share with:

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २० तारिख बिहान जन बृहत् सभा भवनमा तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुन चीन आउनुभएका श्रीलङ्काका राष्ट्रपति रनील विक्रमसिङ्गेसँग भेटवार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले एक आपसमा मिलेर दुवै देश बीचको राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पारी दुवै देशका जनताका लागि अझ बढी हितकल्याण सिर्जना गर्दै जान चीन इच्छुक रहेको बताउनुभएको छ।