“बेल्ट एण्ड रोड”को निर्माणमा निरन्तर रुपमा संलग्न हुने भियतनामको हाई छोङ बिजुली स्टेशनका चिनियाँ युवा निर्माणकर्ता ली तोङको इच्छा
2023-10-20 09:38:13cri
Share with:


ली तोङ सन् १९९०पछि जन्मेका युवा हुन्। उनी चीन ऊर्जा ईन्जिनियरिङ समूहका कर्मचारी हुन्। चार वर्षअघि उन चीन ऊर्जा ईन्जिनियरिङ समूहले भियतनाममा लगानी लगाएको हाई छोङ बिजुली स्टेशन परियोजनामा प्रवेश गरेका थिए। उनी विदेशमा कार्यरत निर्माणकर्ता बनेका छन्। ली तोङ भन्छन् शुरूमा मेरो मनमा गहिरो छाप परेको थियो। बिजुली कारखाना कछाड क्षेत्रमा थियो। पहिलो पटक आउँदा राजमार्ग पार भएपछि नदी देखिएको थियो। नदीमा पुल थिएन। हामी जहाजद्वारा त्यो परियोजना अवस्थित ठाउँमा पुगेका थियौँ

 

सन् २०२० नोभेम्बर २४ तारिख हाई छोङ बिजुली स्टेशनको नम्बर एक सेट वाणिज्य प्रयोगमा आएको थियो। सन् २०२१ जनवरी २५ तारिख नम्बर दुई सेट पनि प्रयोगमा आएको थियो। बिजुली स्टेशनको निर्माण पूरा भएपछि यसले स्थानीय आर्थिक तथा सामाजिक फाइदा ल्याएको छ। ली तोङलाई खुशी लागेको छ। उनी भन्छन् हाम्रो परियोजनाले निर्माण पूरा भएपछि भियतनामको उत्तरी क्षेत्रको आर्थिक विकासका लागि बिजुली उपलब्ध गराएको छ। हाम्रो परियोजनाले स्थानीय सामाजिक तथा आर्थिक र औद्योगिक विकास योजनाको माग पूरा गरेको छ जसबाट ठूलो आर्थिक फाइदा ल्याएको छ। स्थानीय जनताको जीवन स्तरमा सुधार, भियतनामको शहरीकरण प्रक्रियालाई गति प्रदान गर्नुकासाथै स्थानीय उद्योगको विकासलाई बढाएको छ। पहिले यहाँ गाउँ थियो। तीन चार वर्षको निर्माणपछि रेस्टुरेन्ट, फलफूल पसल, वासिन्दाको आबास अझै बढ्दैगएको छ। हाम्रो परियोजनाका कारण स्थानीय सरकारले नजिकैको सडको पुनःनिर्माण गर्नुकासाथै पुलको निर्माण गरेको छ।

 

निर्माण क्रममा हाई छोङ बिजुली स्टेशनले स्थानीय क्षेत्रका लागि दुई हजारवटा रोजगार अवसर उपलब्ध गराएको छ। ल तोङका प्रायजसो सहकर्मीहरू भियतनामका हुन्। उनी भन्छन् हाम्रो बिजुली स्टेशन परियोजनाले स्थानीय रोजगार समस्याको समाधान गरेको छ साथै भियतनामीलाई बिजुली मजदूर र व्यवस्थापक तालिम दिएको छ।

 

ली तोङकाअनुसार, काममा राम्रोसँग कुराकानी गर्नका लागि बिजुली स्टेशनका चिनियाँ र भियतनामका सहकर्मीहरूले अर्को पक्षको भाषा सिक्न र अर्को पक्षको सँस्कृतिबारे गहिरो रुपमा जानकारी लिन प्रयास गरेका छन्। ली तोङ भन्छन् भियतनामका सहकर्मीहरूले बेलुकी चिनियाँ भाषाको तालिम लिने गर्दछन् र इन्टर्नेटमा चिनियाँ भाषा सिक्ने गर्दछन्। हामीले फूर्सद वा बेलुकीको समयमा भियतनामी भाषा सिक्ने गर्दछौँ”  

 

बेल्ट एण्ड रोडको साझा निर्माणमा आफूले योगदान दिनपाएकोमा ली तोङलाई सुखानुभूति भएको छ। उनले बेल्ट एण्ड रोडको निर्माणमा निरन्तर रुपमा संलग्न हुने आशा लिएका छन्