राष्ट्राध्यक्ष सी चिनफिङ तथा लाओसका राष्ट्राध्यक्ष एवम जन क्रान्ति पार्टी केन्द्रीय समितिका महासचिव बीच भेटवार्ता
2023-10-20 16:58:27cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २० तारिख बिहान जन बृहत् सभा भवनमा तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुन चीन आउनुभएका लाओसको जन क्रान्ति पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष थोङलुन सिसुलिथसँग भेटवार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले राष्ट्राध्यक्ष थोङलुनसँग मिलेर चीन-लाओस सम्बन्धको रणनीतिक निर्देशनलाई सबल पार्नुका साथै संयुक्त भाग्यको एकरूपताको निर्माण सम्बन्धी उदाहरण बनाउँदै जान चीन इच्छुक रहेको औँल्याउनुभएको छ।