संयुक्त राष्ट्र संघको यो दृश्य अमेरिकाको लागि चेतावनी हो
2023-10-21 17:20:47cri
Share with:

 

अक्टोबर १८ तारिख संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको बैठकमा एउटा दृश्य देखिएको छ। जहाँ अमेरिकी प्रतिनिधि मिशेल टेलर आफ्नो मन्तव्य राख्ने क्रममा पोडियममा धेरै सहभागीहरू विरोध जनाउन पुगेका थिए। अमेरिकाले इजरायललाई "एकतर्फी" समर्थन दिनुका साथै प्यालेस्टिनी जनताको मानव अधिकारलाई बेवास्ता गरेकोमा विरोध गर्दै ती सहभागीहरूले उक्त गतिविधि गरेका थिए।

 

प्यालेस्टाइन-इजरायल द्वन्द्वको यो चरणमा हालसम्म ५२०० भन्दा बढीको मृत्यु भइसकेको छ। यस्तो दुखद अवस्थाको सामना गर्दै प्यालेस्टाइन-इजरायल समस्यासित महत्वपूर्ण रूपमा सम्बन्धित पक्ष अमेरिकाले पछाडि बसेर सो द्वन्द्वलाई गम्भीर बनाउँदै र अधिक निर्दोष नागरिकको मृत्यु र हताहतको दृश्य हेर्दैआएको छ। प्रतिक्रियामा, ब्राजिल, रुस, चीन र अन्य धेरै देशहरूले अमेरिकाको गतिविधिप्रति स्तब्ध र निराशा व्यक्त गरेका छन्।

 

हाल, अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टाइन-इजरायलबीच तत्काल र व्यापक युद्धविरामका लागि आह्वान गरिरहेको छ। अमेरिकाले जिम्मेवारी लिनुपर्छ, "एकतर्फी" हुन छोड्नुपर्छ र युद्धविराम साथै युद्ध अन्त्य गर्नलाई अन्तर्राष्ट्रिय समुदायसँग प्रयास गर्नुपर्छ।