

हरित सिल्क रोडले हामीलाई मानवता र पृथ्वीलाई फाइदा हुने नयाँ बाटोमा ल्याउन मद्दत गर्न सक्छ। हालै सम्पन्न तेस्रो ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसको भाषण सहभागी प्रतिनिधिहरूमाझ गुन्जिएको थियो।
विगत १० वर्षयता चीनले ४० भन्दा बढी देशका १५० भन्दा बढी साझेदारहरूसँग हरित विकासका लागि ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय गठबन्धनको स्थापना गरेको छ र ३२ देशहरूसँग ‘बेल्ट एण्ड रोड’ ऊर्जा साझेदारीको स्थापना गरेको छ। यसबाट चीनले विश्वव्यापी न्यून-कार्बन अर्थतन्त्रको विकास र दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ।
यस शिखर सम्मेलनमा चीनले ‘बेल्ट एण्ड रोड’को उच्च गुणस्तरको संयुक्त निर्माणलाई समर्थन गर्न आठ कार्य परियोजनालाई सार्वजनिक गरेको छ। जसमध्ये हरित विकास पनि एक हो। आउने १० वर्षमा ‘हरित सिल्क रोड’ले हाम्रो साझा पृथ्वीघरको सुरक्षा गर्नुका साथै विश्व आधुनिकीकरणको हरित विकासलाई सक्रिय गर्ने छ।


