राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पश्चिमबाट फर्केका विज्ञहरूको संघको स्थापनाको ११०औँ वार्षिकोत्सवको अवसरमा बधाई पत्र
2023-10-21 17:28:12cri
Share with:

पश्चिमबाट फर्केका विज्ञहरूको संघ स्थापनाको ११०औँ वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले बधाई पत्र पठाउनुहुँदै केन्द्रीय समितिको तर्फबाट पश्चिमबाट फर्केका विज्ञहरूको संघलाई हार्दिक शुभकामना व्यक्त गर्नुका साथै विदेशमा अध्ययनरत् विद्यार्थी र कार्यरत् कर्मचारीहरूलाई न्यानो अभिवादन प्रकट गर्नुभएको छ।

 

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले नयाँ यात्रामा विदेशमा अध्ययनरत् विद्यार्थी र कार्यरत् कर्मचारीहरूले मातृभूमिलाई सशक्त बनाउने निर्माण कार्य र चीन राष्ट्रको पुनरूत्थानको महान कार्यलाई अघि बढाउने क्रममा योगदान गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

 

पश्चिमबाट फर्केका विज्ञहरूको संघ स्थापनाको ११०औँ वार्षिकोत्सव मनाइने समारोह २१ तारिख पैचिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका स्थायी सदस्य एवम् जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङले सो समारोहमा सहभागी हुनुहुँदै सम्बोधन पनि गर्नुभएको छ।