“आधारभूत तहको सञ्चालन सम्बन्धी सी चिनफिङका धारणाहरू” प्रकाशित
2023-10-22 17:30:17cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत पार्टी इतिहास र वृत्तचित्र अनुसन्धान प्रतिष्ठानले सम्पादन गरेको “आधारभूत तहको सञ्चालन सम्बन्धी सी चिनफिङका धारणाहरू” शीर्षकको पुस्तकलाई हालै केन्द्रीय वृत्तचित्र प्रशासन एजेन्सीले प्रकाशित गर्दै देशभर सार्वजनिक गरेको छ।

 

सो पुस्तकलाई ७ वटा विषयमा विभाजन गरिएको छ र त्यसमा जम्मा २१६ वटा धारणाहरू छन्। ती धारणाहरूमा सन् २०१२ को नोभेम्बर १५ देखि सन् २०२३ को सेप्टेम्बर २१ तारिखसम्मको अवधिमा राष्ट्राध्यक्ष सीको प्रतिवेदन, सम्बोधन, व्याख्या, बधाई पत्र, जवाफी चिट्ठी र निर्देशन पनि समावेश छन्।