“डिजिटल रेशमी मार्ग” बाट विश्व आधुनिकीकरणमा गति थपिने
2023-10-22 16:42:14cri
Share with:

 

हाल चीनमा प्रसारण गरिरहेको “समृद्धितिर जाने बाटो” शीर्षकको वृत्तचित्रमा यस्तो दृश्य देखिएको छ: नाइजेरियाका एकजना पुरूषले मोटरसाइकलमा चढेर सडक र गल्लीसम्म मालसामानलाई विभिन्न गन्तव्यमा पुर्याइरहेका छन्। यस एक्सप्रेस डेलिभरी कामले उनको राम्रो आम्दानी भएको छ।

 

यो नै संयुक्त बेल्ट एण्ड रोडको निर्माण प्रस्ताव र डिजिटल अर्थतन्त्र बीच मिल्दोजुल्दोसँग मिसिएको उदाहरण रहेको छ। हाल संयुक्त बेल्ट एण्ड रोडको निर्माण उच्च गुणस्तरीय विकासको नयाँ चरणमा प्रवेश भएको सिलसिलामा विश्वको डिजिटल आर्थिक विकासका लागि नयाँ अवसर पनि देखिएको छ। केही दिनअघि आयोजित तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनले सिल्क रोड सम्बन्धी इलेक्ट्रोनिक वाणिज्यको अग्र सहयोगात्मक क्षेत्रको निर्माण गर्नुका साथै हरेक वर्ष विश्व डिजिटल व्यापार एक्स्पोको आयोजना गर्ने घोषणा गर्नुभएको छ।