फिलिपिन्सका चार जहाजले चीनको क्षेत्रीय जलक्षेत्रमा प्रवेश गरी जानाजानी समस्या निम्त्याएको
2023-10-22 18:02:22cri
Share with:

अक्टोबर २२ तारिख फिलिपिन्सले चीनको चेतावनीलाई बेवास्ता गर्दै अवैध निर्माण सामग्री अवैध युद्धपोतहरूमा ढुवानी गर्ने प्रयासमा चीनको नान्शा टापुको रेनआइ रीफको जलक्षेत्रमा अतिक्रमण गर्न दुई यात्रुबाहक जहाज र दुई तटरक्षक जहाजहरू पठाएको छ। चेतावनीको बेवीस्ता गरेपछि चिनियाँ तटरक्षक जहाजले कानून बमोजिम फिलिपिन्सको जहाजलाई नियन्त्रणमा लिएको छ।

 

चीनको रेनआइ रीफ र नान्शा टापुहरू निर्विवाद रूपमा चीनको सार्वभौमसत्ता छ। फिलिपिन्सको गतिविधिले चीनको क्षेत्रीय सार्वभौमसत्ताको उल्लङ्घन गरेको छ र चीनले फिलिपिन्सलाई आफ्नो उल्लङ्घनकारी गतिविधि तुरुन्तै बन्द गर्न आग्रह गरेको छ।