लगभग ५२०० जना सहभागी भएको कारण यो एसियाली विकलाङ खेलकुद अहिलेसम्मकै सबैभन्दा ठूलो
2023-10-22 18:00:22cri
Share with:

अक्टोबर २२ तारिख एसियाली पारा ओलम्पिक समिति र हाङचौ एसियाली पारा ओलम्पिक आयोजक समितिले संयुक्त रूपमा हाङचौ शहरमा आयोजना गरिने चौथो एसियाली विकलाङ खेलकुद बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ। अहिले एसियाली पारा ओलम्पिक खेलकुदको सम्पूर्ण तयारी पूरा भएको छ।

 

हाङचौ चौथो एसियाली विकलाङ खेलकुद समारोहका प्रवक्ता छन वेइ छ्याङले हाङचौ चौथो एसियाली विकलाङ खेलकुदमा ४४ देश र क्षेत्रका करिब ५२०० व्यक्ति सहभागी भएको बताउँदै यो सहभागिता इतिहासकै सबैभन्दा ठूलो भएको औँल्याउनुभयो।