तिब्बती पठारभूमिका हिम चितुवा संरक्षण गठबन्धन स्थापित
2023-10-23 17:07:54cri
Share with:

अक्टोबर २३  तारिख विश्व हिमचितुवा दिवस होछिङ्हाई-तिब्बत पठारभूमि हिम चितुवा संरक्षण गोष्ठी अर्थात् छिङ्हाई-तिब्बत पठारभूमि हिम चितुवा संरक्षण गठबन्धन छिङहाइ प्रान्तीय सदरमुकाम सिनिङमा स्थापित भएको छ।

 

"हिउँ चितुवाको संरक्षण बाटोमा हिँड्दै" भन्ने  यस स्थापना समारोहको मूल नारा हो। कार्यक्रममा जैविक विविधता संरक्षण आदानप्रदान र सहयोगको नयाँ संयन्त्र तथा नयाँ मोडेल स्थापना गर्ने, छिङ्हाई-तिब्बत पठारभूमिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यावरणीय सभ्यता हाइल्याण्डका रुपमा बनाउनको लागि नयाँ योगदान पुर्याउने प्रयास गरिँदै छ।

 

जम्मा गरी ९६ एकाइहरूले सक्रिय रूपमा उक्त गठबन्धनमा भाग लिइरहेका छन् र २०० भन्दा बढी प्रमुख अतिथिहरूले छिङ्हाई-तिब्बत पठारभूमि हिम चितुवा संरक्षण गठबन्धनको विकास अवसरहरूको बारेमा छलफल गर्ने, अनुगमन र अनुसन्धान अनुभव बाँड्ने र संरक्षण मार्गहरू अन्वेषण गर्ने भइरहेका छन्।

 

उक्त कार्यक्रममा छिङ्हाई-तिब्बत पठारभूमि हिम चितुवा संरक्षण गठबन्धन आधिकारिक रूपमा स्थापना गरिएको छ र गठबन्धनको लोगो र मस्कट पनि आधिकारिक रूपमा जारी गरिएको छ।