छैटौं चीन आयात एक्स्पो आउने नोभेम्बर ५ देखि १०सम्म शाङहाईमा हुने
2023-10-23 19:29:14cri
Share with:

वाणिज्य मन्त्रालयकसम्बन्धित व्यक्तिले दिएको जानकारी अनुसार छैटौं चीन यात एक्स्पो आउने नोभेम्बर ५ देखि १० तारिखसम्म शाङहाईमा आयोजना हुने भएको छ। उक्त जानकारी चीनको राज्य परिषद प्रेस कार्यालयले अक्टोबर २३ दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको हो।

 

यस वर्षको यात एक्स्पोमा १५४ देश, क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाका अतिथिहरूले भाग लिने अपेक्षा गरिएको छ,४०० भन्दा बढी प्रदर्शक व्यापारीहरू र ३ लाख ९४ हजार जना पेशागत दर्शकहरूले दर्ता गरेका छन्।

 

छैटौं चीन आयात एक्स्पोको राष्ट्रिय प्रदर्शनीमा ६९ देश र ३ अन्तर्राष्ट्रिय संस्थाले भाग लिने निश्चित भइसकेको छ। तीमध्ये ११ देशले पहिलो पटक एक्स्पोमा भाग लिने छन् भने ३४ देशले पहिलो पटक अफलाइनबाट भाग लिने छन्। होन्डुरस, कजाखस्तान, सर्बिया, दक्षिण अफ्रिका र भियतनाम लगायत ५ देशले अतिथि राष्ट्रका रूपमा भाग लिने भएका छन्