चाइना मिडिया ग्रूप र फ्रान्सेली व्यावसायिक फुटबल महासंघ बीच सहयोग सम्झौतामा हस्ताक्षरित
2023-10-23 19:50:36cri
Share with:

स्थानीय समयअनुसार, अक्टोबर २३ तारिख,  चाइना मिडिया ग्रूप र फ्रान्सेली व्यावसायिक फुटबल महासंघले पेरिसमा सहयोगात्मक समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। उक्त पत्र वमोजिम, दुवै पक्षले संयुक्त रूपमा प्रतियोगिताहरू आयोजना गर्न, फुटबल उद्योगको आदानप्रदानलाई बढाउने र युवा फुटबलको विकास गर्ने सहयोग गर्ने छन्चाइना मिडिया ग्रूपका महानिर्देशक शन हाइसयोङ र फ्रान्सेली व्यावसायिक फुटबल महासंघका अध्यक्ष भिन्सेन्ट लाब्रुनले दुवै पक्षको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।

उने वर्ष चीन र फ्रान्सबीच त्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव मनाइँदैछ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति म्याक्रोबीच भएको सहमतिको कार्यान्वयन गर्न चाइना मिडिया ग्रूप र फ्रान्सेली व्यावसायिक फुटबल महासंघ बीच प्रारम्भिक परामर्शका आधारमा व्यापक सहमति भएको छ।

सम्पन्न समझदारी पत्र अनुसार, सन् २०२४ मा चीनमा आयोजना हुने फ्रेन्च सुपर कपलाई सक्रिय रुपमा अघि बढाउने, मैत्रीपूर्ण खेल प्रतियोगिता आयोजना मार्फत् दुई देशबीचको टोली आदानप्रदानलाई मजबुत बनाउने, फुटबल विकास मञ्चको आयोजना गर्ने, युवा प्रशिक्षण केन्द्र खोल्ने, -खेल प्रतियोगिताको विकास गर्ने लगायतका सहकार्य दुवै पक्षले गर्ने छन्।