चौथो एसियाली विकलाङ खेलकुद चीनको हाङचौ शहरमा शुरू
2023-10-23 10:35:07cri
Share with:

अक्टोबर २२ तारिख चौथो एसियाली विकलाङ खेलकुद चीनको च च्याङ प्रान्तीय हाङचौ शहरमा शुरू भएको छ। उक्त एसियाली विकलाङ खेलकुदमा २२ वटा ठूला र ५६४ वटा साना प्रतियोगिता हुने जनाइएको छ।

एसियाका ४४ वटा मुलुक तथा क्षेत्रका करीब ३१०० जना विकलाङ खेलाडीले हाङचौमा सपना साकार तुल्याउन प्रयास गर्ने छन् साथै एकता र मित्रता पनि प्रदर्शन गर्ने छन्।

 उदघाटन समारोहमा विकलाङ तथा सपाङ व्यक्तिहरूले संयुक्त रुपमा कार्यक्रम प्रस्तुत गरेका थिए।