सी चिन फिङद्वारा अखिल चीन ट्रेड युनियनको नयाँ नेतृत्व टोलीका सदस्यहरूसँग सामूहिक वार्ता
2023-10-23 20:02:22cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले २३ तारिख दिउँसो अखिल चीन ट्रेड युनियनको नयाँ नेतृत्व टोलीका सदस्यहरूसँग सामूहिक कुराकानी गर्नुभयो र महत्वपूर्ण भाषण दिनुभयो। सी चिनफिङले चीनको श्रम आन्दोलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा विकसित भएको र ट्रेड युनियनहरू पार्टीको नेतृत्वमा मजदुर वर्गको जन संगठन भएको कुरामा जोड दिनुभयो। ट्रेड युनियनहरूमा पार्टीको समग्र नेतृत्वलाई कायम राख्नुपर्ने बताउँदै उहाँले कुनै पनि समयमा र कुनै पनि परिस्थितिमा यसबाट कहिल्यै डगमगाउनु नहुने बताउनुभयो।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सचिव छाइ छीले सामूहिक भेटवार्तामा भाग लिनुभयो।