“बेल्ट एण्ड रोड” प्रस्तावको एक दशकको अवसरमा मोन्टेनेग्रोमा कन्सर्टको आयोजना
2023-10-23 09:50:10CRI
Share with:

सेप्टेम्बर २७ तारिख गणतन्त्र मोन्टेनेग्रोका लागि चिनियाँ राजदूताबास र चाइना मिडिया ग्रुपको युरोप तथा ल्याटिन अमेरिका केन्द्रले मोन्टेनेग्रोको राजधानी पोदगोरिकामा “बेल्ट एण्ड रोड” प्रस्तावको एक दशकको अवसरमा एउटा रोचक कन्सर्टको आयोजना गरेको छ। मोन्टेनेग्रोका पूर्व राष्ट्रपति, मोन्टेनेग्रो सरकारका अधिकृतहरु, मोन्टेनेग्रोका मुख्य पार्टीका नेताहरु, विभिन्न क्षेत्रका मैत्रीपूर्ण व्यक्तिहरु, मोन्टेनेग्रोका लागि विभिन्न देशका राजदूतहरु, चिनियाँ व्यवसायीहरु, चिनियाँ प्रवासीहरु तथा चिनियाँ मूलका विदेशीहरु र चिनियाँ विद्यार्थीहरु लगायत ३०० भन्दा बढी व्यक्तिहरु यस कन्सर्टमा सहभागी हुनुभएको थियो।

“बेल्ट एण्ड रोड” प्रस्तावको एक दशक सम्बन्धी यस कन्सर्टको नारा “विश्वसँग सम्पर्क गरौँ-सांस्कृतिक आदान-प्रदान तथा आपसी सभ्यता सिकौँ” रहेको छ। त्यसले चीन र विदेशको राष्ट्रिय विशेषता भएका लोकप्रिय सङ्गीतहरुले बेल्ट एण्ड रोड संस्कृतिको गहिराई तथा समावेशिताको प्रदर्शन गरेको छ।

 

मोन्टेनेग्रोका लागि चिनियाँ राजदूत फान खुनले यस कन्सर्टलाई सम्बोधन गर्दै राष्ट्राध्यक्ष सी चिन फिङद्वारा प्रस्तुत गरिएको मानवजातिको साझा भाग्य समूदायको निर्माण सम्बन्धी अवधारणा चीनले अपनाएर बेल्ट एण्ड रोड प्रस्ताव, विश्व सुरक्षा प्रस्ताव, विश्व विकास प्रस्ताव तथा विश्व सभ्यता प्रस्तावलाई व्यवहारमा उतार्न प्रयास गर्दै आएको बताउनुभएको छ। मोन्टेनेग्रोलगायत विश्वका विभिन्न मुलुकहरुसँगै मिलेर विश्व शान्ति तथा विकास र सहयोग तथा साझा जीतका लागि योगदान पुर्‍याउन चीन इच्छुक रहेको छ। चीन र मोन्टेनेग्रो बीच दौत्य सम्बन्ध स्थापना भएको १७ वर्षयता दुई मुलुकले आपसी सार्वभौमिकता तथा प्रादेशिक अक्षुणताको सम्मान गर्ने, आपसी आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्ने र समानता तथा आपसी हितको आधारमा मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई विकास गर्दै आएका छन्। हाल बेल्ट एण्ड रोड प्रस्ताव, चीन-मध्य पूर्वी युरोप सहयोगात्मक व्यवस्थाको रुपरेखामा दुई पक्ष बीचको राजनीतिक विश्वास निरन्तर रुपमा सबल हुँदै आएको छ भने आर्थिक तथा व्यापारिक सहयोग फलदायक रहेको छ। जुन विभिन्न राजनीतिक व्यवस्था, विभिन्न परिमाण तथा विभिन्न संस्कृति बीच आपसी हित तथा साझा जीत सम्बन्धी नमूना बनिसकेको राजदूत फान खुनको भनाई छ।

मोन्टेनेग्रोका पूर्व राष्ट्रपति फिलिप भुजानोभिकले चीनले प्राप्त गरेको विशाल उपलब्धिको प्रशंसा गर्दै बेल्ट एण्ड रोड प्रस्तावमा मोन्टेनेग्रो र चीनले हासिल गरेको व्यावहारिक सहयोगको उपलब्धिको उच्च मूल्याङ्कन गर्नुभएको छ। उहाँले दुवै मुलुकले विभिन्न क्षेत्रमा रहेको आदान-प्रदान तथा सहयोगलाई निरन्तर रुपमा सबल पारी द्विपक्षीय सम्बन्धको विकासलाई अघि बढाउन सक्ने आशा गर्नुभएको छ।

उहाँले भन्नुभयो, चालू वर्ष “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरिएको दशौँ वर्ष हो। त्यो मैत्रीपूर्ण सहयोग, आपसी सम्मान, आपसी विश्वास, आपसी हित तथा साझा जीतको आधारमा स्थापित विश्वव्यापी प्रस्ताव हो। त्यसले विश्वका विभिन्न ठाउँहरु बीचको अन्तर सम्पर्क तथा अन्तर सहकार्यलाई अघि बढाएको छ। यस प्रस्तावबाट लाभान्वित भएर मोन्टेनेग्रोको दक्षिणी तथा उत्तरी भाग जोड्ने द्रुत गतिको राजमार्ग संचालनमा आएको छ। जसले मोन्टेनेग्रोका विभिन्न ठाउँहरु बीचको अन्तर सम्पर्क तथा अन्तर सहकार्य र आर्थिक विकासलाई अघि बढाएको छ। मोन्टेनेग्रो र चीन बीचको सहयोग भविष्यमा अरु ठूलो विकास हुनसकोस् भन्ने शुभकामना व्यक्त गर्दछु। दुई पक्ष बीचको सहयोगबाट दुई देशका जनताका लागि मात्र होइन, बाल्कन क्षेत्र र युरोप-चीन सम्बन्ध पनि लाभान्वित हुने छ।

 

मोन्टेनेग्रोका युवा सङ्गीतकारले यस कन्सर्टमा “म तिमीलाई माया गर्छु, चीन” र “ज्यास्मिन” लगायत चिनियाँ परम्परागत धुन बजाउनुभएको थियो। दर्शकको ताली र साथ पाएको कन्सर्ट सफलताका साथ सम्पन्न भएको थियो।