यो एशियाली विकलाङ्ग खेलकुद सबैभन्दा उत्कृष्ट हुने-- एशियाली पाराओलम्पिक समितिका अध्यक्ष
2023-10-23 11:04:33CRI
Share with:

सन् २००७ मा शाङहाईमा आयोजित गृष्म विशेष ओलम्पिक खेलकुददेखि हाल जारी सन् २०२३ हाङचौ चौथो एशियाली विकलाङ्ग खेलकुदसम्म एशियाली पाराओलम्पिक समितिका अध्यक्ष मजिद राशिदले सबै खेल समारोहको अवलोकन गर्नुभएको छ।

 

साथै, उहाँले धेरैपटक हाङचौ शहरको भ्रमण पनि गर्नुभएको छ। हरेकपटकको भ्रमणमा यो शहरलाई अझै माया गर्ने तथा हाङचौवासीले आफूलाई घरमा भएजस्तै अनुभव गराएको उहाँले व्यक्त गर्नुभएको छ। उहाँको विचारमा एशियाका विभिन्न क्षेत्रका अतिथिहरू र प्रतिनिधि मण्डलहरूले समान अनुभव गरेर सुन्दर हाङचौ शहरमा सुखद समय बिताउने छन्। 

उहाँले व्हीलचेयरमार्फत् रेस्टुराँ, कफी सप वा बजारलगायत सबै ठाउँ पुग्नसक्ने जानकारी पनि दिनुभएको छ। जसबाट हेर्दा हरेकका लागि हाङचौ शहरको वातावरण राम्रो तथा शहर मैत्रिपूर्ण छ। 

यसपटकको एशियाली विकलाङ्ग खेलकुद इतिहासमै सबैभन्दा उत्कृष्ट हुने अध्यक्ष मजिद राशिदले बताउनुभएको छ। प्रथम श्रेणीको एसियाली पारा भिलेज, विभिन्न खेल सुविधाहरू, पूर्ण यातायात प्रणाली भएबाट खेलाडीले आआफ्नो स्तरको प्रदर्शन गर्नसक्छन्। साथै एशियाली विकलाङ्ग खेलकुदको अर्थ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा मात्र होइन। यसबाट अझ धेरै मानिसहरू खेलकुदमा भाग लिएर जीवनलाई अझै स्वस्थ बनाउने छन्।

चीनले शारीरिक असक्षमता तथा विकलाङ्गहरूको खेलकुदको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको ठहर अध्यक्ष मजिद राशिदले गर्नुभएको छ।