चाइना मिडिया ग्रूपद्वारा पेरिस ओलम्पिक खेलकुद संयोजन समितिसँग सहयोग सम्झौता पत्रमा हस्ताक्षर
2023-10-24 09:49:26cri
Share with:

चाइना मिडिया ग्रूप र पेरिस ओलम्पिक खेलकुद संयोजन समिति बीच औपचारिक रूपमा रणनैतिक सहयोग शुरू भएको छ। अक्टोबर २३ तारिख चिनियाँ प्रचार मन्त्रालयका उपमन्त्री एवम् चाइना मिडिया ग्रूपका प्रमुख शन हाई स्यौङ तथा सन् २०२४ पेरिस ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष टोनी एस्टान्गुले दुई पक्षका तर्फबाट पेरिसमा सहयोग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। दुवै पक्षले पेरिस ओलम्पिक खेलकुदको प्रचारप्रसार गर्ने, कार्यक्रमको उत्पादन गर्ने दि क्षेत्रमा गहन सहयोग गर्ने सहमति जनाएका छन्।

सोहि दिन फ्रान्सेली संस्कृति मन्त्री रिमा अब्दुल मलेकले लुभ्र दरबारमा प्रमुख शन हाई स्यौङलाई भेटवार्ता गर्नुभएको छ। उहाँले चाइना मिडिया ग्रूप र पेरिस ओलम्पिक खेलकुद संयोजन समितिबीच जनाइएको सहयोगप्रति शुभकामना दिनुका साथै फ्रान्सेली संस्कृति मन्त्रालयले चाइना मिडिया ग्रूपसँग चलचित्र र टेलिश्रृंखला कार्यक्रम, परम्परागत संस्कृति, डिजिटल कलाकृति तथा अरू क्षेत्रमा पनि व्यापक सहयोग गर्ने अपेक्षा लिएको व्यक्त गर्नुभएको छ।