चाइना मिडिया ग्रुप र फ्रान्सेली टेनिस संघबीच सहयोग
2023-10-24 10:18:54CRI
Share with:

चाइना मिडिया ग्रुप र फ्रान्सेली टेनिस संघले २३ तारिख पेरिसमा सहयोग सम्झौता-पत्रमा हस्ताक्षर गरेको छ। जसबाट टेनिसको प्रचार, प्रतियोगिताको प्रसारण सहयोग, व्यवसायको विकासलगायत विषयबारे सहयोगात्मक सहमति भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रचार विभागका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका निर्देशक शन हाइस्यौङ र फ्रान्सेली टेनिस संघका अध्यक्ष जिल मोरेटोनले दुई पक्षको प्रतिनिधित्व गर्दै सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभएको हो। 

सम्झौता-पत्रका अनुसार, दुई पक्षले सन् २०२४ देखि २०२८ सम्म प्रतियोगिताको प्रतिलिपि अधिकारबारे सहमति गरेका छन् र चीन तथा फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा युवा टेनिस प्रतियोगितामाथि ध्यान दिनुका साथै खेलकालागि दीर्घकालीन सहयोग गर्नेछन्।