सी चिनफिङद्वारा छिमेकी कुटनीति सिद्धान्तको दशौँ वार्षिकोत्सवसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीलाई लिखित सन्देश
2023-10-24 14:45:58cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २४ तारिख छिमेकी कुटनीति सिद्धान्त प्रस्तुत भएको दशौँ वार्षिकोत्सवसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीलाई लिखित सन्देश पठाउनुभएको छ।

सीले दश वर्षयता चीनले आत्मीयता, ईमानदारी, पारस्परिक लाभ, सहिष्णुताको छिमेकी कुटनीति सिद्धान्त सक्रियताका साथ पालना गरेको तथा छिमेकी मुलुकहरूसितको मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धको चौतर्फी रुपमा विकास गरेको बताउनुभयो।

यसैबीच, सीले चीनले एशियाली मुलुकहरूसँग मिलेर शान्त, समृद्ध, सुन्दर, मैत्रीपूर्ण अस्तित्वको एशियाको सिर्जना गर्ने, एशियाली भाग्य समुदाय र मानव भाग्य समुदायको सिर्जना गर्ने तथा नयाँ अध्यायलाई संयुक्त रुपमा उघार्ने कुरामा जोड दिनुभयो।