वाङ यी र इजरेली विदेश मन्त्री कोहेनबीच टेलिफोन वार्ता
2023-10-24 10:13:46cri
Share with:

चीनका परराष्ट्र मन्त्री वाङ यीले अक्टोबर २३ तारिख इजरेली विदेश मन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सो क्रममा कोहेनले प्यालेष्टाइन र इजरेलबीचको भिडन्तमा इजरेलको अडानबारे जानकारी दिनुभएको छ।

वाङ यीले चीनले भिडन्त चर्कनसक्ने भनेर चिन्ता लिएको तथा भिडन्तबाट धेरै सर्वसाधारण हताहत भएप्रति दुःख व्यक्त गरेको बताउनुभयो। उहाँले प्यालेष्टाइन समस्यामा चीनको कुनै पनि निजी हित नभएको, शान्तिका लागि हितकर भएमा चीनले समर्थन दिने, प्यालेष्टाइन र इजरेलको मेलमिलापका लागि हितकर भएमा चीनले सक्दो प्रयास गर्ने कुरामा जोड दिनुभयो।

यसका साथै वाङ यीले चिनियाँ नागरिक र संस्थाको सुरक्षाको संरक्षण गर्नका लागि इजरेलले प्रभावकारी कदम चाल्ने आशा गरेको व्यक्त गर्नुभएको छ।