वाङ यी र प्यालेष्टिनी विदेश मन्त्री माल्कीबीच टेलिफोन वार्ता
2023-10-24 10:09:10cri
Share with:

चीनका परराष्ट्र मन्त्री वाङ यीले अक्टोबर २३ तारिख प्यालेष्टिनी विदेश मन्त्री रियाड अल माल्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ।

वार्ताको क्रममा माल्कीले प्यालेष्टाइनको अडानबारे जानकारी दिनुभयो र चीनले सशक्त आवाज प्रसारण गरेको, प्यालेष्टिनी जनतासँग दृढताका साथ उभिएको, प्यालेष्टाइनलाई आपतकालीन मानवीय सहायता दिएकोमा कृतज्ञाता ज्ञापन व्यक्त गर्नुभयो। उहाँले चीनको समर्थनबाट प्यालेष्टाइन र चीनबीचको मित्रता देखाइएको कुरामा जोड दिनुभयो। माल्कीले अन्तर्राष्ट्रिय समाजको सहयोगमा मूलबाटै प्यालेष्टाइन समस्याको समाधान गर्ने, स्वतन्त्रता प्राप्त गर्ने र देशको स्थापना गर्ने आशा व्यक्त गर्नुभयो।

वाङ यीले चीनले सर्वसाधारणलाई हानी पुर्‍याउने र अन्तर्राष्ट्रिय ऐनको उल्लंघन गर्ने सबै कारवाहीको निन्दा र विरोध गर्दैआएको तथा युद्ध विराम गर्न र गाजा क्षेत्रको सर्वसाधारणको आधारभूत जीवनयापन अवस्थाको प्रत्याभूति गर्न आव्हान गरेको बताउनुभयो।

वाङ यीले चीनले प्यालेष्टिनी राष्ट्रिय परिषद र संयुक्त राष्ट्र संघीय संस्थानमार्फत आपतकालीन मानवीय सहायता दिएको र गाजा क्षेत्रका जनताको मागबमोजिम निरन्तर रुपमा सामग्री सहायता दिने पनि बताउनुभयो।