#अल्पसंख्यक जाति# विदेशी सञ्चार माध्यमको तिब्बत यात्रा-३
2023-10-24 09:30:58CRI
Share with:

अक्टोबर ३ तारिखदेखि ८ सम्म चिनियाँ अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रको व्यवस्थापनमा २२ देशका लगभग ३० जना संचारकर्मीहरूले तिब्बती लिन्च र ल्हासा सहरको यात्रा गरेका छन्। उनीहरू स्थानीय पर्यावरणीय वातावरणको संरक्षण, अर्थतन्त्र तथा समाजको विकास, जातीय क्षेत्रको स्वायत्त प्रशासन, धार्मिक स्वतन्त्रता, जनजीवनको प्रत्याभूति लगायत विषयबारे गहिरो रूपमा जानकारी पाएका छन्।

 

ल्हासा शहरको यात्रामा विभिन्न देशका संचारकर्मीहरूलेले पोताला दरबार, जोखाङ गुम्बा, सेरा गुम्बालगायत क्षेत्रको भ्रमण गर्नुभएको छ। जसबाट उनीहरूले तिब्बती सँस्कृतिको संरक्षण र तिब्बती बुद्ध धर्मको नयाँ विकासबारे जानकारी पाएका छन्। 

सो अवसरमा तिब्बती समाजवाद विद्यालयका उपप्रमुख लोतान र तिब्बती विश्वविद्यालयका प्रोफेचर च्यूमाउछोले विभिन्न तर्फबाट तिब्बती धार्मिक कार्यको इतिहास तथा वर्तमान परिस्थितिबारे ठोस जानकारी दिनुभएको छ। 

“मैले चीनका धेरै ठाउँको भ्रमण गरेको थिएँ। तिब्बत, सिन्च्याङ र अन्य क्षेत्रमा धार्मिक स्वतन्त्रताको राम्ररी संरक्षण गरेको मैले हेरेँ। केही पश्चिमा सञ्चार माध्यमले वैचारिक पूर्वाग्रहबाट तिब्बत तथा सिन्च्याङसम्बन्धी धेरै झुटा बनाएका छन्। मैले आफ्नो जानकारीमार्फत् विश्वलाई वास्तविकताका सामु उनीहरूको झुटो सत्य होइन भन्ने सुनाउँछु।” पाकिस्तानी “शहर समाचार नेटवर्क”का वरिष्ठ पत्रकार अलि अब्बासले बताउनुभएको छ।

 

विदेशी संचारकर्मीहरूले ल्हासा पैचिङ प्रयोगात्मक माध्यमिक विद्यालयको भ्रमण पनि गरेका छन्। उनीहरूले तिब्बतमा १५ वर्षसम्म लागू गरेको निशूल्क शिक्षाबारे पूर्ण सकारात्मक मुल्याङ्कन गरेका छन्। उनीहरूको विचारमा तिब्बतको क्षेत्रफल व्यापक भएका हुनाले विद्यालयले विद्यार्थीहरूलाई दिएको आवासीय सेवा विभिन्न जातीय बालबालिकाका लागि समान रूपमा उच्च गुणस्तरीय शिक्षा पाउनका लागि हितकर कदम हो।  

 “शिक्षा अधिकारको संरक्षणमा चीन नमूना बनेको छ। चीन सरकार र जनताबीच घनिष्ट सम्पर्क छ। किनकि सरकारले सधैं जनताको फाइदाका लागि प्रयास गरेको छ। ” किर्गिस्तानी "दैनिक भाषण"का पत्रकार उमाटेकुर ब्रार्कियवाले यसरी भन्नुभयो।

 

 त्यसका साथै भानुआतु राष्ट्रिय रेडियो र टेलिभिजन निगमको प्रसारण उत्पादन प्रमुख मैरी-नोएल वायनी कार्टकले यसरी बताउनुभयो- 

“मैले तिब्बतको बारेमा धेरै वृत्तचित्र हेरेँ। देख्नु भनेको विश्वास गर्नु हो। तिब्बतीहरूसँग गफ गरेर, तिब्बतको आर्थिक तथा सामाजिक विकासको ठूलो प्रगति हेरेर र तिब्बती सँस्कृतिको उतराधिकार तथा संरक्षणबारे जानकारी पाएर आफ्नै जीवनबारे स्थानीय सर्वसाधारणको संतोष मैले थाहा पाएँ। मेरो जानकारीमार्फत् अझ बढी मान्छेहरूलाई यो शानदार ठाउँको अनुभव गर्न आकर्षण गर्ने आशा गर्छु।”