सी चिनफिङद्वारा अमेरिका-चीन सम्बन्ध राष्ट्रिय परिषदको वार्षिक पुरस्कार वितरण समारोहलाई बधाई सन्देश
2023-10-25 10:09:37cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २५ तारिख अमेरिका-चीन सम्बन्ध राष्ट्रिय परिषदको वार्षिक पुरस्कार वितरण तथा रात्री भोज समारोहलाई बधाई सन्देश पठाउनुभएको छ।

सी चिनफिङले अमेरिका-चीन सम्बन्ध राष्ट्रिय परिषदले सधैँ नै चीन र अमेरिका बीचको विभिन्न क्षेत्रको आदान-प्रदान र सहयोगलाई अगाडि बढाएकोमा प्रशंसा गर्नुभयो।

सीले विश्वका दुई वटा ठूला मुलुकको रुपमा चीन र अमेरिकाले सही आदान-प्रदान बाटो निश्चित गर्नसक्ने या नसक्ने कुरा विश्व शान्ति तथा विकास र मानव भविष्य तथा भाग्यसित सम्बन्धित रहेको व्यक्त गर्नुका साथै चीनले अमेरिकासँग पारस्परिक हित र सहयोगलाई अगाडि बढाउने, विवादलाई व्यावहारिक रुपमा नियन्त्रण गर्ने, विश्वव्यापी चुनौतीको सामना गर्ने, र विश्वलाई लाभ दिने आशा लिएको बताउनुभयो।

सोही दिन अमेरिकी राष्ट्रपति जोसेफ बाइडनले पनि उक्त रात्री भोजलाई बधाई सन्देश पठाउनुभएको थियो।