चाइना मिडिया ग्रुप र एएफपी नयाँ चरणको सहकार्यमा
2023-10-25 19:34:14cri
Share with:

   चाइना मिडिया ग्रुप र एजेन्सी फ्रान्स-प्रेस बीच नयाँ चरण सुरु गरेको छ। स्थानीय समय अनुसार अक्टोबर २५ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री तथा चाइना मिडिया ग्रुपका निर्देशक शन हाइस्योङ र एजेन्सी फ्रान्स-प्रेसका अध्यक्ष फाब्रिस फ्रीले एक सहयोग दस्तावेजमा हस्ताक्षर गर्नुभयो। सो दस्तावेजका अनुसार दुवै पक्षले पेरिस ओलम्पिकलाई अवसरको रुपमा लिइ नयाँ मिडिया, आर्टिफिसियल इन्टेलिजेन्स र अन्य पक्षमा सहयोग सुदृढ गर्ने र सबै पक्षमा सहयोग क्षेत्र विस्तार गर्ने छन्।

निर्देशक शनका अनुसार यस वर्षको अप्रिल महिनामा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र फ्रान्सेली राष्ट्रपति म्याक्रोनबीच प्राप्त सहमतिलाई कार्यान्वयन गर्न चाइना मिडिया ग्रुप र फ्रान्सका विभिन्न क्षेत्रसँग व्यापक सहकार्य सुरु गरेको छ। उहाँले दुई पक्षले सहकार्यलाई सुदृढ पार्ने र अन्तर्राष्ट्रिय जनमतको क्षेत्रमा निष्पक्षता र न्यायको लागि संयुक्त वाज जारी राख्ने आशा गर्नुभएको छ।