राष्ट्राध्यक्ष सी चिनफिङद्वारा क्यालिफोर्नियाका गभर्नरसँग भेटवार्ता
2023-10-25 19:12:03cri
Share with:

अक्टोबर २५ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा अमेरिकाको क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसोमसँग भेट-वार्ता गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र अमेरिका विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक भएको औंल्याउँदै आर्थिक स्थिति कूल विश्वको एक तिहाइभन्दा बढी रहेको र कुल जनसङ्ख्या विश्वको करिब एक चौथाइ र द्विपक्षीय व्यापार मात्रा संसारको करिब पाँच भागको एक भाग रहेको बताउनुभयो।

 

उहाँले चीन-अमेरिका सम्बन्ध आजसम्म विकसित रहेको भन्दै नतिजाहरू कठिन परिस्थिति पार गरेर कदर गर्न योग्य ठाउँमा पुगेको बताउनुभयो। अमेरिकाप्रति चीनको नीति सधैं आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र विजय सहयोगको पक्षमा रहेको छ, चीनले यस दिशामा काम गरिरहने छ र अमेरिकाले चीनसँग सोही दिशामा काम गर्ने आशा राखेको छ, राष्ट्राध्यक्ष सीले बताउनुभयो।

 

सी चिन फिङले चीन र अमेरिकाबीचको सबै क्षेत्रका आदानप्रदान र स्थानीय सहयोगलाई  ठूलो महत्व र समर्थन गरेको भन्दै सीले भन्नुभयो, आशा छ कि यो भ्रमणले दुई पक्षबीच आपसी समझदारी बढाउनेछचीन र क्यालिफोर्नियाबीचको सहयोग विस्तार गर्न र चीन-अमेरिका सम्बन्धको स्वस्थ र स्थिर विकासलाई प्रवर्द्धन गर्न सकारात्मक भूमिका खेल्नेछ।

 

भेटवार्तामा गभर्नर न्यूसमले चीनले विगत केही दशकहरूमा असाधारण उपलब्धि हासिल गरेको र विशेषगरी विगतका वर्षहरूमा नयाँ ऊर्जाको क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको गरेको बताउनुभयो।

 

अमेरिका-चीन सम्बन्धको विकासमा पालना गर्नुपर्ने राष्ट्राध्यक्ष सी चिन फिङका सिद्धान्तहरूसँग सहमत रहेको बताउँदै उहाँले क्यालिफोर्नियालाई चीनसँगको आदान-प्रदानलाई बलियो बनाउन र जलवायु परिवर्तन र नयाँ ऊर्जा जस्ता क्षेत्रमा सहयोगलाई प्रवर्द्धन गर्न त्यही भावनालाई पछ्याउन इच्छुक रहेको बताउनुभयो। उहाँका अनुसार क्यालिफोर्निया पनि चीनको दीर्घकालीन, स्थिर र बलियो साझेदार बन्न इच्छुक छ।