परराष्ट्र मन्त्रालय: "बेल्ट एण्ड रोड" को संयुक्त निर्माणद्वारा मानवजातिको साझा भविष्ययुक्त समुदायको मूल्यलाई मूर्त रूप प्रदान
2023-10-25 18:16:58cri
Share with:

क्टोबर २५ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। त्यस क्रममा एक पत्रकारले सोधेका छन्, तेस्रो "बेल्ट एन्ड रोड" अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको उद्घाटन समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले विशेष रूपमा प्रस्ताव गर्नुभयो कि खुला, समावेशी, पारस्परिक सम्पर्क र साझा विकास संसारको निर्माण गर्नुपर्छ र संयुक्त रूपमा समुदायको निर्माणलाई बढावा दिनुपर्छ। बेल्ट एण्ड रोड निर्णय प्रस्तावले मानवजातिको साझा भविष्ययुक्त समुदाय निर्माणमा निर्वाह गरेको भूमिकाको मूल्याङ्कन के हो ?

 

प्रत्युत्तरमा प्रवक्ता माउ निङका अनुसार मानवजातिको साझा भविष्य भएको समुदायको अवधारणाको निर्देशनमा बेल्ट एण्ड रोड निर्णय प्रस्ताव नै दीर्घकालीन, सीमापार, व्यवस्थित विश्व परियोजनाको रूपमा विकसित भएको छ।

बेल्ट एण्ड रोड को संयुक्त रूपमा निर्माण गर्ने सफल अभ्यासले मानवजातिको साझा भविष्य भएको समुदायको अवधारणामा निरन्तर रूपमा नयाँ अर्थहरू अघि सारेक  भन्दै प्रवक्ता माउ निङले बेल्ट एन्ड रोड को संयुक्त निर्माणले उच्च गुणस्तर र उच्च स्तरको नयाँ विकास हासिल गरेको बताउनुयभो। साथै मानवजातिको साझा भविष्यको साथ समुदाय निर्माणले पनि थप रोमाञ्चक नयाँ अध्याय लेख्ने विश्वास पनि उहाँले प्रकट गर्नुभयो।