बीआरआई सम्मेलनमा भाग लिएर उपप्रम एवं गृहमन्त्री श्रेष्ठ चीनबाट स्वदेश फिर्ता
2023-10-25 16:26:49cri
Share with:

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किनुभएको छ। उहाँ चीनको बेइजिङबाट छेन्दु हुँदै बुधबार बिहान काठमाडौं पुग्नुभएको हो।

 

बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला श्रेष्ठलाई हृदयाघात भएको थियो। हृदयाघातपछि अस्पताल भर्ना भएका श्रेष्ठ कात्तिक ६ गते डिस्चार्ज हुनुभएको थियो। बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा पाँचदिने उपचार पश्चात स्वास्थ्य लाभ गरी श्रेष्ठ स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।

 

१७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)को समापनलगत्तै हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो। मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बने पनि चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उहाँको सचिवालयले जनाएको छ ।

 

मन्त्री श्रेष्ठ कात्तिक ३ गते नै स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएकाले कात्तिक ८ गते मात्रै स्वदेश फर्किनुभएको हो।