चाइना मिडिया ग्रुपद्वारा चीन र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवको अवसरमा चलचित्र र टेलिभिजन सहयोग परियोजना प्रस्तुत
2023-10-25 10:54:44CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमान्युयल माक्रोनको सहमतिलाई व्यवहारमा उतार्नका लागि २४ तारिख चाइना मिडिया ग्रुप(सीएमजी)ले पेरिसमा “चीन र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउनकालागि चलचित्र र टेलिभिजन सहयोग परियोजना” को सुरूवात समारोहको आयोजना गरेको छ। योसँगै सीएमजी र फ्रान्सका विविध मुख्य सञ्चार माध्यम तथा संस्था बीच चलचित्र र टेलिभिजन परियोजनामा गरिने सहयोगहरू पनि प्रकाशित गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रचार विभागका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका निर्देशक शन हाइस्यौङ, अन्तर्राष्ट्रिय रेडियो तथा टेलिभिजन संघका महाप्रबन्धक डेनियल ब्रौयरे, राजनीतिक दल एकता र प्रगतिका अध्यक्ष एम. ज्याक्स सेमिनेड, फ्रान्सका लागि चिनियाँ अस्थायी एजेन्ट छन तुङ, फ्रान्सेली टिभी-५ मोन्डेका निर्देशक यभस् विगोट, बीएपएफ बिजनेस टेलिभिजनका डाइरेक्टर अरनोड डे कोर्सेलेसलगायतका गन्यमान्य व्यक्तिहरूको समारोहमा उपस्थित थियो।

 

अनेकन् उत्कृष्ठ कार्यक्रममार्फत् चीन र फ्रान्सका जनताबीच अझ सुदृढ पुलको निर्माण गर्ने आशा सीएमजीका महानिर्देशक शङ हाइस्यौङले व्यक्त गर्नुभएको छ।