चिनियाँ प्रतिनिधिद्वारा प्यालेष्टाइन र इजरेललाई युद्ध विरामलाई प्राथमिक लक्ष्यको रुपमा राख्न आव्हान
2023-10-25 14:53:12cri
Share with:

अक्टोबर २४ तारिख संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधि चाङ च्युनले प्यालेष्टाइन र इजरेललाई युद्ध विरामलाई अगाडि बढाउनुलाई प्राथमिक लक्ष्यको रुपमा राख्न आव्हान गर्नुभएको छ।

चाङ च्युनले प्यालेष्टाइन र इजरेल समस्यासम्बन्धी सुरक्षा परिषदको खुला बहसमा उक्त कुरा बताउनुभएको हो।

चाङ च्युनले जोड दिँदै सुरक्षा परिषदले अन्तर्राष्ट्रिय कानूनी शासनको दृढताका साथ संरक्षण गर्नुपर्ने तथा सर्वसाधारणमाथि लक्षित सबै हिँसा र हमलाको निन्दा गर्नुपर्ने पनि बताउनुभयो। 

चाङले प्यालेष्टाइन समस्यामा चीनको कुनै पनि निजी हित नभएको, शान्तिका लागि चीनले समर्थन दिने, प्यालेष्टाइन र इजरेलको मेलमिलापका लागि चीनले सक्दो प्रयास गर्ने, चीन निरन्तर रुपमा अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको पक्षमा उभिने तथा अन्तर्राष्ट्रिय ऐनको पक्षमा उभिने कुरामा जोड दिनुभयो।