चीनको शनचौ नम्बर १७ मानव यानको अन्तरिक्ष यात्री निश्चित
2023-10-25 14:24:11cri
Share with:

चीनको अन्तरिक्ष स्टेशन प्रयोग तथा विकास अवधिको उडान निर्देशनालयको निर्णय अनुसार, चिनियाँ मानव अन्तरिक्ष परियोजना शनचौ नम्बर १७ को कार्यभार बोक्ने अन्तरिक्ष यात्री टोली थाङ हुँ पो, थाङ शङ चे, च्याङ सिन लिन गरी तीन जनाबाट गठित छ। यी मध्ये थाङ हुँ पोला निर्देशकको जिम्मेवारी दिइएको छ।

अक्टोबर २५ तारिख ११ बजे तीन जना अन्तरिक्ष यात्रीले च्यु छुन उपग्रह प्रक्षेपण केन्द्रमा चीन र विदेशका पत्रकारला भेट्ने कार्यक्रम छ। शन चौ नम्बर १७ ला २६ तारिख ११ बजेर १४ मिनेटमा प्रक्षेपण गर्ने योजना छ।

यस पटकको प्रक्षेपण चिनियाँ मानव अन्तरिक्ष परियोजना शुरू भएयता ३०औँ कार्यभार हुनुका साथै १२औँ मानवसहितको उडान हो। उनीहरूले शन चौ नम्बर १६ अन्तरिक्ष टोलीको सट्टामा चिनियाँ अन्तरिक्ष स्टेशनमा ६ महिना बसेर श्रृंखलाबद्ध रूपमा परीक्षण योजना अघि बढाउने छन्।