चीनले अन्तरिक्षबाट विश्वलाई निमन्त्रणा पत्र पठाइएको
2023-10-26 15:29:25CRI
Share with:

अक्टोबर २६ तारिख शनचौ १७ मानवसहितको अन्तरिक्ष यान पूर्वनिर्धारित कक्षामा प्रवेश गरेको छ। साथै अन्तरिक्षयात्री दल पनि राम्रो अवस्थामा छ। जसबाट प्रक्षेपण कार्य पूर्ण रूपमा सफल भएको छ।

सन् १९६५ को ग्रीष्ममा चीनसँग अन्तरिक्ष कार्यको ब्लुप्रिन्ट मात्र थियो। अन्तरिक्षमा प्रवेश गर्नु कवितामा कोरिएको रोमान्टिक सपना जस्तो मात्र थियो।

सन् २००३ अक्टोबरमा चिनियाँ अन्तरिक्ष यात्री याङ लिवेईले चिनियाँहरूको यो सपना लिएर एक्लै तारा बीचको यात्रा सुरू गर्नुभएको थियो। उहाँ फर्केलगत्तै चिनियाँहरूले अब अन्तरिक्ष यात्रा "टाढाको सपना”नहुने विचार व्यक्त गर्न थालेका थिए। आज, शनचौ १७का युवा अन्तरिक्ष यात्रीहरूले बाह्रौपटक पालैपालो कक्षा पनि लिनेछन्। त्यसै गरी अन्तरिक्ष यात्रा सामान्य व्यापारिक यात्रा पनि बनेको छ। तर चीनले २० वर्षमा यो उपलब्धि पूरा गरेको हो।

२० वर्षअघि याङ लिवेईले पहिलो पटक अन्तरिक्ष यात्रा गर्दा सिटमा बसेर मात्रै १४ पटक पृथ्वीको परिक्रमा गर्नसक्नु भयो। सन् २००८ मा शनचौ ७को मिसनमा गएका तीन अन्तरिक्षयात्रीले पहिलोपटक अन्तरिक्षमा पाइला टेकेर अन्तरिक्षमा हिँड्ने सपना साकार गर्नुभएको थियो। त्यसका साथै अन्तरिक्षयात्रीहरू सक्रिय रहेको क्षेत्र सुरुको केही घनमिटरबाट हाल ११० घनमिटरभन्दा बढीमा विस्तार भएको छ। जसमा कार्य क्षेत्र, सुत्ने क्षेत्र, स्वास्थ्य क्षेत्र, भोजन क्षेत्र, चिकित्सा तथा पर्यवेक्षण क्षेत्र र व्यायाम क्षेत्रको रूपमा विभाजन गरिएका छन्। चिनियाँ अन्तरिक्ष स्टेशनले विश्वका अन्तरिक्ष यात्रीहरूलाई आरामदायी वातावरण प्रदान गर्नसक्छ।

सर्वविदित कुरा के हो भने, एयरोस्पेस विज्ञान र प्रविधि नै विश्वमा सबैभन्दा अत्याधुनिक र अग्रसर क्षेत्रहरूमध्येको एक हो र नागरिक क्षेत्रमा एयरोस्पेस विज्ञान र प्रविधिबाट अझ अधिक कार्यकुशल, स्मार्ट र पर्यावरण मैत्री उत्पादनहरू र सेवाहरू ल्याउन सकिन्छ। जस्तै भनौँ, चीनको एयरोस्पेस विज्ञान र प्रविधि आधारित पैतौ उपग्रह नेभिगेसन प्रणालीले विश्वव्यापी सार्वजनिक पूर्वाधारको रूपमा विश्वका विभिन्न देशहरूलाई सुविधा प्रदान गरिरहेको छ। सन् २०१३ मा, म्यानमारको कृषि क्षेत्रमा कृषि सम्बन्धि तथ्याङ्कको सङ्कलन र राम्रो भूमि व्यवस्थापन गर्नका लागि ५०० भन्दा बढी पैतौ टर्मिनलहरूको प्रयोग गरिएको थियो। चीन-युरोप रेलमार्गमा, पैतौ टर्मिनलहरू राखिएका कन्टेनरहरूमा उच्च परिशुद्धता लोकेसन र नेभिगेसन भूमिका भएकोले अधिक सुविधाजनक बनेको छ। जसबाट परम्परागत यातायात विधिहरूको रूपान्तरण गरिएको छ। यसका साथै, इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड लगायतका देशहरूले पैतौ प्रणालीको प्रयोग गर्दै सक्रिय रूपमा स्मार्ट शहरको निर्माण गरिरहेका छन्। हालसम्म, चीनको पैतौ आधारभूत उत्पादनहरू विश्वका १२० भन्दा बढी देशहरू र क्षेत्रहरूमा निर्यात भएका छन् र आसियान, दक्षिण एशिया, पूर्वी युरोप, पश्चिमी एशिया, अफ्रिकामा पैतौ उत्पादनहरूको प्रयोग सफलतापूर्वक भइरहेका छन्।

अक्टोबर २५ तारिख आयोजित शनचौ १७ को प्रक्षेपणसम्बन्धी पत्रकार सम्मेलनमा चीनले बाह्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोग क्षेत्रमा चीनसँग सहकार्य गर्न र चिनियाँ अन्तरिक्ष स्टेशनको मिसनमा भाग लिन प्रतिबद्ध विभिन्न देशहरू र क्षेत्रलाई आमन्त्रण गरेको छ। मानवसहित अन्तरिक्ष विकासको प्रक्रियामा, चीनले सँधै खुला र सहयोगात्मक दृष्टिकोण लिँदै आएको छ र संयुक्त राष्ट्र संघ बाह्य अन्तरिक्ष विभाग, यूरोप अन्तरिक्ष व्यूरो (इएसए) तथा रूस, फ्रान्स, जर्मनी, इटाली, पाकिस्तान लगायतका देशका अन्तरिक्ष एजेन्सीहरूसँग सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरेको छ। यसै क्रममा विभिन्न प्रकारका आदानप्रदान र सहयोग पनि भएका छन्।

अन्तर्राष्ट्रिय सहयोग परियोजनाहरूको पहिलो खेपका प्रयोगहरू पनि चिनियाँ अन्तरिक्ष स्टेशनमा भइरहेको छ। चिनियाँ अन्तरिक्ष स्टेसनको ढोका विश्वसमक्ष खुला भएको छ र निकट भविष्यमा अन्तरिक्षयात्रीका बीचमा नेपाली साथीहरू पनि देखिन सक्छन् भन्ने हाम्रो विश्वास छ।