चाइना मिडिया ग्रुपका महानिर्देशक र विश्व अर्थतन्त्र मञ्चका अध्यक्ष स्वाबबीच भेटघाट
2023-10-26 09:57:26cri
Share with:

अक्टोबर २५ तारिख चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले विश्व अर्थतन्त्र मञ्चका संस्थापक एवम् कार्यकारी अध्यक्ष क्लाउस स्वाबसँग जेनेभामा भेटघाट गर्नुभएको छ। उहाँहरूले दुई पक्ष सहयोगलाई सबल पार्ने विषयबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

शन हाईस्युङले चाइना मिडिया ग्रुपले लगातार धेरै वर्षदेखि विश्व अर्थतन्त्र मञ्चबारे जानकारी दिनुका साथै दुई पक्षबीच फराकिलो सहकार्य गर्दैआएको र दुई पक्षले रणनीतिक साझेदारी सम्बन्धको स्थापना गरेकोमा खुशी लागेको बताउनुभयो।

स्वाबले चाइना मिडिया ग्रुपले विश्व अर्थतन्त्र मञ्चबारे सक्रियताका साथ जानकारी दिँदै गहिरो रुपमा संलग्न भएकोमा प्रशंसा र कृतज्ञाता व्यक्त गर्नुभयो। उहाँले विश्व अर्थतन्त्र मञ्चले चाइना मिडिया ग्रुपसँग आदानप्रदान र सहयोग गर्ने, पारस्परिक विश्वासलाई बढाउने, विश्वको आर्थिक विकासका लागि नयाँ शक्ति थप्ने अपेक्षा लिएको पनि बताउनुभयो।