असोजमै मनास्लु उक्लिए झण्डै ३ हजार विदेशी, कोरोनापछिको पर्यटनमा आशा
2023-10-26 16:12:50cri
Share with:

कारोनाले प्रभावित बनेको मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेखनीय सुधार आएको छ। असोज महिनामा मात्र दुई हजार दुई सय ७६ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन्। मनास्लु संरक्षण क्षेत्र (एमक्याप)का अनुसार चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार नौ सय २६ जना विदेशीले मनास्लुको भ्रमण गरेका छन्।

 

साउन महिनामा ८० र भदौ महिनामा ५ सय ७० विदेशी पर्यटक मनास्लु क्षेत्र आएको एमक्यापमका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो। दैनिक एक सय भन्दा बढी पर्यटक मनास्लु क्षेत्र आएका छन्,’ उहाँले भन्नुभयो,‘यो वर्ष चाडो हिमपात सुरु नभए कात्तिक महिनामा अझै पर्यटक बढ्ने अनुमान छ।पर्यटकको आवागमन बढेपछि मनास्लु क्षेत्रका होटल तथा पैदलमार्गमा चहलपहल बढेको छ ।

 

फ्रान्स, स्पेन, नेदरल्याण्ड, चीन, जर्मनलगायतका देशका पर्यटक बढी मनास्लु क्षेत्रमा भित्रिएका हुन्। मनास्लु क्षेत्र आउने पर्यटक चुम र नुव्री उपत्यका हुँदै लार्के पास गर्ने गरेको उहाँले बताउनुभयो । सन् २०२१ मा नौ सय २५ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए। सन् २०२२ को एक वर्षको अवधिमा ६ हजार एक सय दुई जना पर्यटक मनास्लु भित्रिएका थिए। यस वर्ष भने असोजसम्मको तथ्याङ्क अनुसार ५५ सय पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् विदेशी मात्र नभइ पछिल्लो समय आन्तरिक पर्यटक पनि मनास्लु क्षेत्र भ्रममणमा जाने गरेका कान्तिपुर अनलाइनमा खबर छ।

 

सडक सञ्जाल विस्तार नहुँदा पदयात्रा गर्नेको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको एमक्यापका प्रमुख सन्तोष सेरचनले बताउनुभयो। कोरोनाका वेला पर्यटकको संख्या निकै घटेको थियो, गत वर्षबाट मनास्लुमा पर्यटक बढ्न थालेका हुन् ,गत वर्ष भन्दा पनि यो वर्ष पर्यटकको फ्लो अझै राम्रो छ,’ उहाँले भन्नुभयो।

मनास्लु पुग्ने पर्यटकले लोपन्मुख प्रजातिको वन्यजन्तु, चराचुरुङ्गी, गुम्वा, हिमश्रृङखलाको समेत अवलोकन गर्न पाउछन्। चुमनुव्री गाउपालिका अन्तरगत पर्ने मनास्लु संरक्षण क्षेत्र दुइ सय १ प्रजातिका चरा, ३९ प्रकारका स्तनधारी, १३ प्रजातिका पुतली, ५७६ प्रजातिका वनस्पती पाइन्छ। निषेधित क्षेत्रको रुपमा रहेको मनासलु क्षेत्रलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणको लागि खुल्ला गरेको हो।

 

सडक सञ्जाल बिस्तार नभएको र पदयात्रीका लागि प्राकृतिक सौन्दर्यता सँगै विभिन्न सस्कृतिको अवलोकन गर्नेहरुको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको छ । मनास्लु क्षेत्रमा पर्यटकको वढेसँगै होटल ब्यवसायी पनि उत्साहित छन्। दैनिक एक सय भन्दा वढी पर्यटक मनास्लु क्षेत्र आएकाले होटल पनि खचाखच भरिएको होटल ब्यवसायी तथा मनास्लु पर्यटन ब्यवस्थापन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्कीले बताउनुभयो। होटल ब्यवसायीलाई मात्र नभइ स्थानीयलाई पनि फाईदा भएको छ, एउटै होटलमा तीन/चार जनाले काम पाएको छ, किसानका आलु तरकारी पनि यहिँका होटल ब्यवसायीले खरिद गरेका छन्,’ उहाँले भने,‘कोरोनाका बेला होटल ब्यवसायी पनि निराश थिए, कोरोना पछि यो वर्षबाट पर्यटकको संख्या वढ्न थालेको हो।उहाँका अनुसार मनास्लु क्षेत्रमा मात्र १ सय वटा होटलहरु छन्।

मनास्लु क्षेत्र प्रवेश गरेका पर्यटक चुम र नुव्री उपत्यका घुम्ने गरेको उहाँले सुनाए । नुव्री हुँदै लार्केपास (५१०६ मिटर उचाई) गर्न पर्यटक रुचाउँछन् । उत्तरी क्षेत्रको भौगोलिक अवस्थिती, हिमश्रृखला, सांस्कृतिक मठ, मन्दिर र गुम्वा अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ। मनास्लु क्षेत्र जाने अधिकाशं पर्यटक आरुघाटमाछाखोला हुदै यात्रा गर्ने गरेका छन्। विदेशी पर्यटकले यस वर्ष बारपाकलाप्राकखोर्लावेसी हुदै मनास्लु क्षेत्र पुगेका छन्। असोज महिनामा मात्र १५ भन्दा वढी टिम वारपाक भएर मनास्लु क्षेत्र गएको बारपाकका टकबहादुरले घलेले बताउनुभयो। विगतको वर्षको तुलनामा वारपाक भएर जाने पर्यटक यस बर्ष बढेको उहाँले बताउनुभयो।