चाइना मिडिया ग्रुप र विश्व बौद्धिक सम्पदा अधिकार संगठनबीच सहकार्य
2023-10-26 18:54:58cri
Share with:

 

स्थानीय समयअनुसार अक्टोबर २६ तारिख चाइना मिडिया ग्रुप र विश्व बौद्धिक सम्पदा अधिकार संगठनले स्वीट्जरल्याण्डको जेनेभामा सहकार्य आशय पत्रमा हस्ताक्षर गरेका छन्। यी दुई पक्षले बौद्धिक सम्पत्ति संरक्षण र प्रचारप्रसारलाई सुदृढ गर्न र अन्तर्राष्ट्रिय आदानप्रदान गतिविधि बढाउन एकपसमा  सहयोग गर्ने छन्।

 

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री तथा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्योङ र विश्व बौद्धिक सम्पदा अधिकार संगठनका महानिर्देशक तङ होङसेनले दुवै पक्षको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नुभयो।

 

यस अवसरमा महानिर्देशक शनले व्यक्त गर्नुभएअनुसार यस वर्ष चीन र विश्व बौद्धिक सम्पदा अधिकार संगठनबीच सहकार्यको ५०औँ वार्षिकोत्सव हो।

 

चीन सरकारले बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई ठूलो महत्त्व दिएको छ र बौद्धिक सम्पदा अधिकारको सम्मान र संरक्षण गर्ने सम्पूर्ण समाजको विचारधारामा उल्लेखनीय वृद्धि भएको छ। चाइना मिडिया ग्रुप बौद्धिक सम्पत्तिको संरक्षणको सक्रिय प्रसारक, प्रवर्द्धक र बौद्धिक सम्पदा संरक्षणको लाभार्थी हो।

 

चाइना मिडिया ग्रुपले विश्व बौद्धिक सम्पदा अधिकार संगठनसँग गहन सहकार्य सम्बन्ध स्थापना गर्दै डिजिटल युगका सामु देखापरेका अवसर र चुनौतीहरूको संयुक्त रूपमा सामना गर्नसक्ने आशा गरेको छ।